शाओमीद्वारा एमआई होम स्टोरलाई नयाँ लोगोका साथ ब्राण्डिङ गर्न शुरु

  • Technology Khabar | २१ जेष्ठ २०७८, शुक्रबार
शाओमीद्वारा एमआई होम स्टोरलाई नयाँ लोगोका साथ ब्राण्डिङ गर्न शुरु

काठमाडौं ।

यूरोप, मध्यपूर्व र अफ्रिकी स्मार्टफोन बजारमा पहिलो त्रैमासमा दबदबा कायम राख्न सफल चिनियाँ कम्पनी शाओमीले आफ्ना एमआई होम स्टोरहरुमा केही समयअघि सार्वजनिक भएको नयाँ लोगोसहित ब्रान्डिङ गर्न शुरु गरेको छ।

उक्त नयाँ लोगो मुसाशिनो कला विश्वविद्यालयका प्राध्यापक तथा निप्पोन डिजाइन सेन्टर एनडीसीका अध्यक्ष केन्या हाराले डिजाइन गरेका हुन्।

यो नयाँ लोगोमा शाओमीले केही आइकन प्याकमा देखिए झैं पहिलको डिजाइनमा भन्दा कुनाहरुको बिट मारेर बाटुलो आकार दिएको छ। यसअघिको लोगो वर्गाकार देखिनेमा अव वर्ग र गोलाकारको मिश्रण देख्न सकिन्छ।

शाओमीले उक्त डिजाइनका लागि हाराले ‘सुपरएलिप्स’ नामको गणितीय प्रयोग गरेको र वर्ग तथा गोलाकारको मिश्रण गर्दा सन्तुलनका लागि तथा दृश्यात्मक हिसाबले गतिशील भाव प्रदान गर्न थुप्रै कुराको संयोजा तथा समायोजन गरेको बताएको छ।

कम्पनीले आफ्नो कर्पोरेट रंगका रुपमा सुन्तला रंग नै प्रयोग गर्ने निर्णय गरेकाले लोगोको रंगमा परिवर्तन नआएको बताएको छ। तर यसका साथमा कम्पनीले हाइ-इन्ड उत्पादनहरुमा कालो र चाँदी रंगको सम्मिश्रण भएको लोगो अतिरिक्त रुपमा प्रयोग गर्ने पनि बुझिएको छ।

गत अप्रिलमा शाओमीले चीनको शेनयाङमा आफ्नो ५ हजाराैं एमआई होम स्टोर खोल्दा पहिलोपटक यो नयाँ लोगोलाई प्रयोगमा ल्याएको थियो।

प्रकाशित: २१ जेष्ठ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार