हार्मोनीओएस अपडेट छिट्टै पाउन ह्वावेमा रजिस्ट्रेशन गर्न सकिने

  • Technology Khabar | १९ जेष्ठ २०७८, बुधबार
हार्मोनीओएस अपडेट छिट्टै पाउन ह्वावेमा रजिस्ट्रेशन गर्न सकिने

काठमाडौं ।

चिनियाँ कम्पनी ह्वावेले आज अर्थात् जुन २ का दिन सार्वजनिक गर्न लागेको हारमोनीओएस आफ्ना डिभाइसमा छिट्टै उपलब्ध गराउन रजिस्ट्रेशन गर्न सकिने भएको छ। आजसार्वजनिक गरिएपछि यो अपरेटिङ सिस्टम कम्पनीले छानेर सूचीबद्ध गरेका विभिन्न कम्पनीका निश्चित मोडलहरुमा अपडेट उपलब्ध हुन्छ।

इन्स्टल भएपछि यसले हाल एन्ड्रोइड सेट अपमा रहेका ईएमयूआईलाई प्रतिस्थापन गर्दछ। यो प्रक्रिया हामीले अपेक्षा गरेभन्दा छिट्टै उपलब्ध हुने बुझिएको छ। माइ ह्वावे एपमा हाल रहेको एउटा पेजमा गएर यो अपरेटिङ सिस्टम छिट्टै पाउन रजिस्ट्रेशन गर्न सकिन्छ।

यो फिचर तत्कालको लागि चीनमा मात्र खुला गरिएको छ भने आउने दिनहरुमा अन्य मुलुकमा पनि विस्तार हुने अपेक्षा गरिएको छ। हाललाई एपमा रहेको अपडेट स्क्रीनमा एउटा बटन राखिएको छ। जसमार्फत रजिस्ट्रेशनको प्रक्रिया अगाडि बढाउन सकिन्छ।

प्रकाशित: १९ जेष्ठ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार