वनप्लस नर्ड सीई फाइभजी ६४ मेगापिक्सेल क्यामरा र स्न्यापड्रागन ७५०जी सहित आउने

  • Technology Khabar | १७ जेष्ठ २०७८, सोमबार
वनप्लस नर्ड सीई फाइभजी ६४ मेगापिक्सेल क्यामरा र स्न्यापड्रागन ७५०जी सहित आउने

काठमाडौं ।

वनप्लसले आफ्नो नयाँ नर्ड डिभाइसको झलक देखाएलगत्तै आउँदै गरेको नर्ड सीई फाइभजीको स्पेसिफिकेशन पनि बाहिर ल्याएको बुझिएको छ। एन्ड्रोइड सेन्ट्रलको एक रिपोर्ट अनुसार नर्ड सीईमा स्न्यापड्रागन यसअघिका नर्ड फोनको ७६५ जीभन्दा एक स्तर तल्लो ७५०जी चिपसेट रहने बुझिएको छ।

बाहिर आएको तथ्यअनुसार यस फोनमा यसअघिको वनप्लस नर्डमा भएको जस्तै ९० हर्ज रिफ्रेश रेटसहितको ६.४३ इन्चको एमोलेड डिस्प्ले रहनेछ।

यस्तै पछाडिपट्टि ६४ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप रहनेछ भने सेल्फीका लागि १६ मेगपिक्सेलको क्यामरा उपलब्ध हुनेछ।

यसअघिको वनप्लस नर्डमा ४८ मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेटअप रहेको थियो जसमा बाँकी ३ ओटा क्यामरामा ८ मेगापिक्सेलको अल्ट्रावाइड, ५ मेगापिक्सेलको डेप्थ तथा २ मेगापिक्सेलको म्याक्रो सेन्सर राखिएको थियो। तर आउँदै गरेको वनप्लस नर्डसीई फाइभजीमा पछाडिका दुई ओटा क्यामराको स्पेसिफिकेशन खुलेको छैन।

कम्पनीले आगामी जुन १० मा आधिकारिक इभेन्ट राखेर त्यसमा सार्वजनिक भएका डिभाइस जुन १६ बाट उपलब्ध गराउने तालिका राखेकाले यो डिभाइस पनि त्यही समयमा उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ।

प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...