मुक्तिनाथ विकास बैंकको गुगल प्लस कोड सार्वजनिक

  • Technology Khabar | १७ जेष्ठ २०७८, सोमबार
मुक्तिनाथ विकास बैंकको गुगल प्लस कोड सार्वजनिक

काठमाडौं ।

मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरुको स्थान पहिचान गर्न सहज होस भन्ने उद्देश्यले गुगल प्लस कोड सार्वजनिक गरेको छ।

जुन कोड गुगल नक्सामा टाइप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । यस्तो कोड अद्यावधिक गर्नेमा आफू नै पहिलो रहेको बैंकको दावी छ।

गुगल प्लस कोड गुगल नक्सामा आधारित जिपिएस प्रणालीले स्थान जनाउने कोड हो। सो कोडको प्रयोगले खोजेको स्थानको ढोकासम्मै पुग्न सकिन्छ।

यो कोड सम्बन्धित कार्यालयमा फोन गरेर लिन पनि सकिन्छ वा बैंकको वेवसाइटमा शाखाको विवरण रहेको स्थानमा हरेक शाखाको कोडहरु उपलब्ध गराइएको छ। उदाहरणको लागि केन्द्रीय कार्यालयको गुगल प्लस कोड 7MV7P85C+QP रहेको छ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकले आफ्नो एटिएम कार्ड भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग ९बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० जस्ता सहज सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।

प्रकाशित: १७ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell launches exclusive bundle package for iPhone 18 buyers

  • Technology Khabar
  • १७ जेष्ठ २०७८, सोमबार