काठमाडौं ।
चिनियाँ स्मार्ट डिभाइस कम्पनी ओपोले गत वर्षको आफ्नो स्मार्ट ओपो वाचको नयाँ संस्करण ल्याउने भएको छ। कम्पनीले हालै सामाजिक सञ्जाल वेबोमा वाच २ सिरिजका बारेमा केही जानकारी र झलक प्रस्तुत गरेको छ।
उक्त टिजर पोस्टका अनुसार यस डिभाइसमा ठूलो क्षमताको ब्याट्री रहने र यसको आधिकारिक घोषणा यसै वर्षको उत्तरार्द्धमा हुनेछ।
एक चिनियाँ लिकस्टरले सार्वजनिक गरेको अरु जानकारी अनुसार आउँदै गरेको वाच २ पहिले झैं ४२ र ४६ मिलिमिटरको हुनेछ भने यसमा स्न्यापड्रागन वयर४१०० चिपसेटकासाथमा अपोलो ४एस चिपसेट पनि राखिएको हुनेछ।
यसमा एन्ड्रोइड ओरियो ८.१ मा आधारित कलरओएस तथा ब्याट्रीको क्षमता बढाउनका लागि अर्को रियल टाइम अपरेटिङ सिस्टम आरटीओएस पनि रहने बुझिएको छ।
यसबाहेक यसमा एलटीई सपोर्ट गर्ने ई-सिम तथा १६ जीबीको स्टोरेज पनि रहनेछ। स्ट्रेस डिटेक्शनका साथमा नयाँ वाच फेसका लागि ओपो रिल्याक्स एप पनि यसमा समावेश हुनेछ। जानकारी अनुसार यसमा ईसीजी राखिएको भर्सन पनि चाँडै नै सार्वजनिक हुने अपेक्षा गरिएको छ।
प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार