शाओमी ‘कम्युनिष्ट चिनियाँ सैन्य कम्पनी’ नभएको अमेरिकाको स्वीकारोक्ति, प्रतिबन्ध हटाईयो

  • Technology Khabar | १२ जेष्ठ २०७८, बुधबार
शाओमी ‘कम्युनिष्ट चिनियाँ सैन्य कम्पनी’ नभएको अमेरिकाको स्वीकारोक्ति, प्रतिबन्ध हटाईयो

काठमाडौं ।

अमेरिकाले चिनियाँ टेक कम्पनी शाओमीलाई औपचारिक रूपमा यसको ट्रेडिङ्ग ब्ल्याकलिस्टबाट हटाएको छ ।

कोलम्बिया जिल्लाको लागि अमेरिकी जिल्ला अदालतले हिजो अन्तिम आदेश जारी गरेको थियो जसमा अमेरिकी रक्षा विभागको कम्युनिष्ट चिनियाँ सैन्य कम्पनी (सीसीएमसी) को रूपमा शाओमीलाई लगाइएको आरोप खारेज गरेको द भर्जले उल्लेख गरेको छ । यसअघिको सो आदेश र प्रतिबन्धले अमेरिकीहरूलाई चिनियाँ उपभोक्ता टेक जायन्ट कम्पनीमा लगानी गर्न प्रतिबन्ध लगाएको थियो।

कम्पनी आफ्ना विश्वव्यापी प्रयोगकर्ताहरू, साझेदारहरू, कर्मचारीहरू र शेयरलगानीकर्ताहरूको विश्वास र समर्थनको लागि कृतज्ञ छ,’ शाओमीका प्रवक्ताले एक विज्ञप्तिमा भने, ‘कम्पनी दोहोर्याउँदछ कि यो एक खुला, पारदर्शी, सार्वजनिक ट्रेड, स्वतन्त्र रूपमा संचालित र व्यवस्थित कम्पनी हो। कम्पनीले भरपर्दो उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरू र सेवाहरू प्रयोगकर्ताहरूलाई प्रदान गर्दछ, र विश्वव्यापीरुपमा सबैलाई नवीनतम टेक्नोलोजी मार्फत उत्तम जीवनको आनन्द दिन इमान्दार मूल्यका साथ रोचक उत्पादनहरू निर्माण गर्न जारी राख्नेछ। ”

ट्रम्प प्रशासनको अन्तिम सातामा अमेरिकाले जनवरी १४ मा शाओमीलाई कम्युनिष्ट चिनियाँ सैन्य कम्पनी भएको ट्याग लगाउँदै प्रतिबन्ध जारी गर्यो।

शाओमीले त्यसको अर्को महिनामा सरकार विरुद्ध मुद्दा हालेको थियो र मार्चमा उक्त ट्याग र सूची रोक्ने प्राथमिक आदेश प्राप्त भयो र न्यायाधीशले कालोसूचीलाई “मनमानी र कपटपूर्ण” भनेर वर्णन गरेका थिए । यस महिनाको शुरूमा शाओमी र डिओडीले आपसमा कुराकानी गर्न एक सम्झौतामा आउने घोषणा गरेका थिए ।

अब भने शाओमीलाई पूर्णरुपमा प्रतिबन्धित सूचीबाट हटाईएको छ ।

प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...