कार उत्पादनमा नलागेको र स्मार्टफोनमै केन्द्रित हुने अनरका सीईओको भनाइ

  • Technology Khabar | १२ जेष्ठ २०७८, बुधबार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी अनरका सीईओ झाओ मिङले कम्पनी र स्मार्टफोनमै केन्द्रित हुने कार उत्पादनमा नलागेको बताएका छन्। शांघाइ चियाओतोङ विश्वविद्यालयमा एक मन्तव्य दिने क्रममा उनले मंगलबार यस्तो बताएका हुन्।

आईटीहोमको रिपोर्ट अनुसार सीईओ मिन्डले अनर चीन तथा विश्वमै १ नम्बरको स्मार्टफोन ब्रान्ड बन्ने कोशिसमा रहेको छ।

यसबाहेक उनले कम्पनीको यो महत्वाकांक्षी योजनाका कारण कार उत्पादनमा नलाग्ने बताएका हुन्। यो कम्पनी गत वर्ष आफ्नो माउ कम्पनी ह्वावेबाट स्वतन्त्र भएको थियो।

त्यतिबेला देखि अनरले आफ्ना भविष्यमा आउने स्मार्ट उत्पादनहरुका लागि १+८+एन को रणनीति अपनाएर काम गरिरहेको बताएका छन्।

यस रणनीति अन्तर्गत स्मार्टफोन मुख्य प्राथमिकतामा रहने र ब्रान्डले अन्य सम्बन्धित उत्पादनहरु जस्तै ल्यापटप, स्मार्ट स्क्रीन, ट्याब्लेट, स्मार्टवाच तथा ब्यान्ड, इयरफोन/हेडफोन, राउटर तथा अन्या इलेक्ट्रोनिक्स सामग्रीको लगातार उत्पादन र बिक्री गर्दै जाने योजना पर्दछ।

सीईओ मिन्डले युवाहरुले दैनिक ६ घण्टाभन्दा बढी समय स्मार्टफोनमा बिताउने भएकाले यो डिभाइस अहिलेको जमानाका लागि कति महत्वपूर्ण छ भन्ने दर्शाउने विचार पनि व्यक्त गरे।

प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार

तपाइको प्रतिक्रिया