
काठमाडौं ।
एप्पलले मंगलबार आईफोन ६एस भन्दा पछिका सबै आईफोनहरुका लागि आईओएस १४.६ सार्वजनिक गरेको छ।
यो मुख्य अपडेट नभएकाले यसमा एप्पलले अप्रिल इभेन्टमा घोषणा गरेकादुई ओटामात्र नयाँ फिचर थपिएका छन्।
यीमध्ये पहिलो एप्पल कार्ड फ्यामिलि सपोर्ट हो। यसमार्फत् एउटा एप्पल कार्ड दुई जनाले प्रयोग गर्न खरिदको ट्र्याक राख्न खर्च व्यवस्थापन गर्न सँगै क्रेडिट बनाउन सक्नेछन्। यस्तै अभिभावकले आफ्न बालबालिकालाई पनि निश्चित रकमसम्मको किनमेल गर्न इजाजत दिन सक्छन्। यो सेवा हाल अमेरिकामा मात्र उपलब्ध गराइएको छ।
यो अपडेटले एप्पल पडकास्ट सब्स्क्रिप्शन पनि सपोर्ट गर्छ। यसले १७० देशमा रहेका पडकास्टका श्रोतालाई पडकास्टकै क्रममा एप्पल पडकास्ट सब्सक्राइब गर्न र त्यसमार्फत् विज्ञापनरहित सामग्री, अन्य सामग्री खोज्ने तथा आउँदै गरेका वा भर्खरै आएका सिरिजको अगाडि नै वा तुरुन्तै पहुँच लिन सघाउँछ।
साथमा एयरट्याग तथा फाइन्ड माइ एप सँग सम्बन्धमा पनि केही परिवर्तन गरिएका छन्। एयरट्याग तथा फाइन्ड माइ एसेसरिजमा फोन नम्बरको सट्टा इमेल एड्रेस थप्नका लागि ‘लस्ट मोड’ पनि दिइएको छ।
अर्को सुविधा भनेको भ्वाइस कन्ट्रोल हो। यूजरहरुले रिस्टार्ट गरिपछि पहिलोपटक आफ्नै आवाजका माध्यमबाट आईफोन अनलक गर्न सक्नेछन्।
कम्पनीले आईओइएस १४.६ बाहेक आईप्याडओएस १४.६, म्याकओएस ११.४, वाचओएस ७.५, टीभीओएस १४.६ र होमपडओएस १४.६ पनि सार्वजनिक गरेको छ।
प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार