
काठमाडौं ।
अग्मेटेड रियालिटी ग्लासहरूमा प्रयोग हुने लेन्सहरु तथा अन्य पार्टहरु निर्माण गर्ने कम्पनी वेभअप्टिक्स(WaveOptics)लाई स्न्यापले किनेको छ।
यस अधिग्रहणले स्न्यापलाई मानिसहरुले लगाउन सक्ने चश्मा बनाउनको लागि कम्पोनेन्टहरु उपलब्ध गराउनेछ । जून लगाएपछि वास्तविक तस्वीरहरुको माथि कम्प्यूटरद्धारा सिर्जना गरिएको तस्वीरहरु हेर्न सकिन्छ ।
शुक्रबार स्न्यापले पुष्टि गर्यो कि सम्झौता नगद र स्टकमा गरेर करिब ५० करोड डलरको छ, स्टकमा करिब आधा भुक्तानी हुनेछ । स्न्यापले बाँकी रकम दुई वर्षमा नगद वा स्टकमा भुक्तान गर्नेछ। एजेन्सी
प्रकाशित: ८ जेष्ठ २०७८, शनिबार