
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले विश्वभरमा आफ्ना रेडमी सिरिजका स्मार्टफोन बिक्री सङ्ख्या २ अर्ब पुर्याएको छ।
रेडमी कम्पनीको सबैभन्दा सफल स्मार्टफोन सिरिज हो । पहिलो पटक सन् २०१४ मा रेडमी नोट ल्याएपछि शुरु भएको सफलताको यात्रा यसरी अगाडि बढ्यो कि यसले कम्पनीलाई स्मार्टफोन बिक्री सङ्ख्याका आधारमा विश्वमै तेस्रो नम्बरमा पुर्याउन सफल भयो।
आज कुल बिक्री सङ्ख्याले २ अर्बको कोशेढुंगा पनि पार गर्यो।
आजै कम्पनीले चीनमा आगामी मे २६ का दिन नोट १० सिरिज पनि सार्वजनिक गर्ने जानकारी दिएको छ। कम्पनीले आफ्नो वेबो एकाउन्टमा पोस्ट गर्दै यस्तो जनाएको हो।
नोट १० कम पछाडि ट्रिपल क्यामरा सेटअप रहने बुझिएको छ भने यो झट्ट हेर्दा रेडमी नोट १० फाइभजी जस्तै देखिन्छ।
नोट १० सार्वजनिक हुने जानकारीसँगै शाओमीका सीईओले नोट ९ सिरिजका ४ लाख ५२ हजारको सङ्ख्यामा बिक्री भएको पनि बताए। यो सङ्ख्या २०१४ देखि यताको २ अर्बको २० प्रतिशत हुन आउँ५।ा
प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार