Technology Khabar ३ जेष्ठ २०७८, सोमबार
काठमाडौं ।
यदि तपाईं आफ्नो चिकित्सकलाई तपाईंको स्वास्थ्यसँग सम्बन्धित सही र अनुरूप डाटा प्रदान गर्नुहुन भने यो यो निकै महत्वपूर्ण हो । यदि तपाईंको स्वास्थ्य डाटा पूर्ण रूपमा उपलब्ध छ, स्वास्थ्य जाँचहरू सहि छन् भने डाक्टरलाई कुनै पनि रोग पत्ता लगाउन धेरै सजिलो हुन्छ।
आजको महामारीको युगमा हामीले विशेष रूपमा हाम्रो स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। कोरोना संकटमा समयमा तपाईँले यी सस्तो ग्याजेटहरूको मद्दतले तपाईंको स्वास्थ्यलाई नियमित ट्र्याक गर्न सक्नुहुनेछ। यी उपकरणहरूले रक्तचाप, ब्लड अक्सिजन स्तर, स्वासप्रस्वास दर, पल्स रेट ट्र्याक गर्न सक्छन्।
जब तपाईँ व्यक्तिगत प्रयोगको लागि मेडिकल ग्याजेटहरू खरीद गर्ने विचारमा हुनुहुन्छ, हामी तपाईंलाई कुनै पनि उपकरण खरीद गर्नु अघि आफ्नो चिकित्सकको सल्लाहमा मात्र किन्न लिन सल्लाह दिन्छौं।
यहि बिचमा तपाईको स्वास्थ्य ट्र्याक गर्नका लागि बजारमा उपलब्ध हुने केहि ग्याजेटहरू छन् जुन तपाईले घरमा राख्नु उपयुक्त हुन्छ ।
आउनुहोस् ती ग्याजेट्सको बारेमा जानौं ।
पोर्टेबल व्यक्तिगत ईसीजी (ECG) मोनिटर
पोर्टेबल व्यक्तिगत ईसीजी मोनिटरले स्मार्टफोन कम्प्यानियन एपको साथ तपाईंलाई दैनिक तपाईंको ईसीजी रेकर्ड राख्न मद्दत गर्दछ। यस तरीकाले, बिनाकुनै समस्या तपाई आफ्नो मुटुको स्वास्थ्यको नियमित हेरविचार गर्न सक्नुहुनेछ । पोर्टेबल व्यक्तिगत ईसीजी मोनिटरहरूको सल्लाहको लागि मेडिकल प्रोफेशनलसँग परामर्श लिनुहोस्।
स्वचालित इलेक्ट्रोनिक ब्लडप्रेशर मोनिटर
स्वचालित इलेक्ट्रोनिक ब्लडप्रेशर (रक्तचाप) मोनिटर पनि एक महत्वपूर्ण ग्याजेट हो जसले रक्तचाप ट्र्याकिंगमा मद्दत गर्दछ। यस्तो डिभाइस किन्नुहोस जसले तपाईंको पल्स रेटको बारेमा पनि भन्छ। रक्तचाप मोनिटर किन्नु अघि चिकित्सकीय सल्लाह लिनुहोस्।
फिंगरटिप पल्स अक्सीमीटर
अक्सीमीटरले तपाईंको रगतमा अक्सिजन प्रवाह को मात्रा मापन गर्दछ । यो एक सानो र अक्सिजनको मात्रा जाँच गर्ने निकै किफायती उपकरण हो। यसमा, तपाईले आफ्नो औंला राखेर रिडिङ्ग गर्न सक्नुहुन्छ। एक अक्सीमीटर खरीद गर्नु अघि मेडिकल प्रोफेशनलसँग कुरा गर्नुहोस्।
ग्लूकोमीटर
ग्लूकोमीटरले रगतमा ग्लूकोजको स्तर मापन गर्दछ। यो डिभाइस सबैको लागि आवश्यक नहुन सक्छ। जब डाक्टरहरूले तपाईलाई वा परिवारको सदस्यलाई नियमित मापनको लागि सिफारिस गर्छन् त्यसबेला मात्र यो खरीद गर्न आवश्यक हुन्छ ।
चिकित्सा चेतावनी प्रणाली (मेडिकल अलर्ट सिस्टम)
चिकित्सा चेतावनी प्रणाली एक उपयोगी उपकरण हो जुन घरका वृद्धवृद्धाहरूको लागि प्रयोगमा ल्याइन्छ। जब वृद्धवृद्धाहरूले स्वास्थ्यमा राम्रो महसुस गर्दैनन्, एक बटन थिच्ने बित्तिकै तपाईँलाई मद्दतको लागि बोलाउन सक्नुहुन्छ। चिकित्सा आपतकालिनमा, कसैलाई कल गर्न वा जोड्ले बोलाउन भन्दा बटन थिच्न सजिलो हुन्छ। मेडिकल प्रोफेशनलसँग चिकित्सा सतर्कता प्रणालीको बारे बुझेर मात्र लिनुहोस् ।
दुखाई कम गर्ने उपकरणहरू
दुखाई कम गर्ने उपकरणहरू कुनै पनि समय घरमा प्रयोग गर्न सकिन्छ। धेरै पेन रिलिफ उपकरणहरू बजारमा उपलब्ध छन् जस्तै हट प्याड, मसाजर वा नर्भ स्टिमुलेटर इत्यादि। तपाईंको आवश्यकताको लागि उपकरण खरीद गर्नु अघि डाक्टरको सल्लाह लिनुहोस्।
कन्ट्याक्टलेस आईआर थर्मामीटर
एक सम्पर्क रहित (कन्ट्याक्टलेस) इन्फ्रारेड थर्मामीटर धेरै महत्त्वपूर्ण उपकरण हो र अहिलेको समयमा धेरै आवश्यक छ। सहि र उपयुक्त आईआर थर्मामिटर किन्नको लागि चिकित्सकीय सल्लाह लिनुहोस्।
मेडिकल तौल स्केल डिभाइस
चिकित्सा तौल मापनमार्फत तपाईँले समय-समयमा बिरामीको तौल जाँच गर्न सक्नुहुनेछ।
नोटः यस लेखमा हामी कुनै पनि ब्रान्ड विशेष उपकरण किन्न सिफारिस गर्दैनौं । कुनै पनि स्वास्थ्य सेवा सम्बन्धि उपकरण प्रयोग गर्नुभन्दा पहिले, यसको प्रयोग र सटीकता स्तरको बारेमा अनिवार्यरुपमा चिकित्सक वा चिकित्सकीय सल्लाह लिनुहोस्।
प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार