अनर प्ले५ ६४ मेगापिक्सेल क्वाड क्यामरा सेटअपसहित आउने कम्पनीको भनाइ

  • Technology Khabar | ३१ बैशाख २०७८, शुक्रबार
अनर प्ले५ ६४ मेगापिक्सेल क्वाड क्यामरा सेटअपसहित आउने कम्पनीको भनाइ

काठमाडौं ।

गत महिना अनर प्ले५ मा ६४ मेगापिक्सेलको क्वाड क्यामरा रहने तथ्यसहितको समाचार आएको थियो। तर उक्त तथ्य कम्पनीका तर्फबाट आएको थिएन।

तर अहिले भने अघिल्लो महिनाका समाभारको तथ्यलाई पुष्टि गर्दै ह्वावेबाट छुट्टिएर स्वतन्त्र कम्पनीका रुपमा अगाडि बढिरहेको चिनियाँ कम्पनी अनरले प्ले ५ मा ६४ मेगापिक्सेलको क्वाड क्यामरा रहने प्रस्ट पारेको छ।

यो तथ्य हालै वेबोमा एक विश्वासिलो लिकस्टरले कम्पनीको हवाला दिँदै पोस्ट गरेका हुन्। उक्त पोस्टमा अनर प्ले५ मा ६६ वाटको चार्जिङ सपोर्ट रहने साथै यसअघिका अनर स्मार्टफोनभन्दा ‍अलग डिजाइनको हुने पनि बताइएको छ।

यसमा डाइमेन्सिटी ८००यू चिपसेट रहने, पावरका लागि ३८०० एमएएच क्षमताको ब्याट्री उपलब्ध हुने तथा यसको डिस्प्ले ६.५३ इन्चको फुल एचडी+ ओएलईडी प्यानल रहने बताइएको छ।

प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...