एचएमडी ग्लोबलले एन्ड्रोइड अपडेटको संशोधित तालिका निकाल्यो

  • Technology Khabar | २६ बैशाख २०७८, आईतवार
एचएमडी ग्लोबलले एन्ड्रोइड अपडेटको संशोधित तालिका निकाल्यो

काठमाडौं ।

गत वर्ष एचएमडी ग्लोबलले आफ्ना नोकिया स्मार्टफोनहरुका लागि एन्ड्रोइड ११ अपडेट रोडम्याप जारी गर्को थियो।

यस अनुसार १५ ओटा स्मार्टफोनमा २०२ ० को चोथो त्रैमासदेखि २०२१ को दोस्रो त्रैमासभित्र एन्ड्रोइड ११ अपडेट हुनुपर्ने थियो। तीमध्ये ७ ओटामा एन्ड्रोइड ११ उपलब्ध गराइसकिएको छ भने ४ वटामा उपलब्ध हुन अझै बाँकी छ।

.ती चारवटा मोडलका ग्राहकले अझै केही समय कुर्नुपर्ने भएको छ। एचएमडीले हालै एन्ड्रोइड ११ अपडेट रोडम्यापमा केही संशोधन गरेको छ। पहिलो तालिका अनुसार यस अनुसार नोकिया ६.२, ७.२ तथा ९ प्योरभ्यूमा यसै वर्षको दोस्रो त्रैमासभित्रमा एन्ड्रोइड ११ अपडेट उपलब्ध हुनुपर्नेमा अब ती डिभाइसहरुमा तेस्रो त्रैमासमा मात्र अपडेट उपलब्ध हुनेछ।

यस हिसाबले हेर्दा यी डिभाइसमा आगामी जुन वा जुलाइभित्रमा प्रस्तावित एन्ड्रोइड ११ अपडेट उपलब्ध हुने आकलन गर्न सकिन्छ।

नयाँ तालिका अनुसार एन्ड्रोइड ११ अपडेट हुने भनेर केही समय थप गरिएका मोडलहरुमा नोकिया १ प्लस ५.४ १.४ २.४ १.३ २.३ ३.४ तथा ५.३ रहेका छन्। यीमध्ये पछिल्ला चारओटा मोडलमा अप्रिल अगाडि नै अपडेट उपलब्ध गराइने बताइएको थियो।

प्रकाशित: २६ बैशाख २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार