ओपो रेनो६ सिरिज मे २२ मा सार्वजनिक हुन सक्ने

Technology Khabar २० बैशाख २०७८, सोमबार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी ओपोले आफ्नो रेनो६ सिरिज स्मार्टफोन आगामी मे २२ मा सार्वजनिक गर्ने भएको छ।

पछिल्लो पटक ६ महिना अगाडि नयाँ उत्पादन सार्वजनिक गरेको कम्पनीले मे २२ मा हुने इभेन्टमा नयाँ स्मार्टफोनको सिरिजका साथमा अन्य स्मार्ट डिभाइसहरु पनि आधिकारिक गर्ने बुझिएको छ।

कम्पनीले उक्त दिन चिनियाँ टीभीसँग मिलेर एउटा गाला कार्यक्रम आयोजना गर्नेछ। यसो गर्नुमा ओपोको स्मार्ट टीभी र उक्त च्यानलबीचको साझेदारी हुनसक्ने आकलन गरिएको छ।

पछिल्लो समय चर्चामा आए अनुसार रेनो६ प्रोमा डाइमेन्सिटी १२०० चिपसेट रहनेछ भने यो ६.५५ इन्चको ओएलईडी डिस्प्लेसहित आउनेछ। यसमा ६४ मेगापिक्सेलको मुख्य क्यामरासहित ३२ मेगापिक्सेलको सेल्फी क्यामरा रहने बुझिएको छ।

यी स्पेसिफिकेशन हेर्दा रेनो५ मा नयाँ चिपसेट राखिएको जस्तो भान हुन्छ। तर चर्चाहरुका अनुसार यसमा ६५ वाटको फास्ट चार्जिङ सपोर्टसहितको ४५०० एमएएच ब्याट्री रहनेछ।

प्रकाशित: २० बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया