
काठमाडौं ।
केही समयअघि फ्लिपकार्टमा झलक देखिएको ओपोको ए५३एस फाइभजी स्मार्टफोन मंगलबार सार्वजनिक भएको छ।
यसमा डाइमेन्सिटी ७०० चिपसेट दिइएको छ भने दुई ओटा र्याम अप्शन, शक्तिशाली ब्याट्री तथा ट्रिपल क्यामरा सेट अप दिइएको छ।
यसमा एचडी+ रेजोल्युशनसहितको ६.५२ इन्चको स्क्रीन रहेको छ भने ८ मेगापिक्सेलको वाटरड्रप नच सेल्फी क्यामरा दिइएको छ। यो क्रिस्टल ब्लु र इंक ब्ल्याक गरी दुई रंगमा उपलब्ध हुने जनाइएको छ। यसको शुरुवाती मूल्य २०१ र २२८ डलर तोकिएको छ।
प्रकाशित: १६ बैशाख २०७८, बिहीबार