Technology Khabar १६ बैशाख २०७८, बिहीबार
काठमाडौं ।
माइक्रोसफ्टले सोमबार आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ। विवरणमा अघिल्लो वर्षमात्रै विश्वभरमा ३० करोड प्रयोगकर्ता थपिएको बताइएको छ।
कम्पनीले मार्च २०२० मा १ अर्ब प्रयोगकर्ता पुगेको भन्दै खुशीयाली मनाएकोमा अब यो सङ्ख्या अहिलेसम्मकै उच्च १ अर्ब ३० करोड पुगेको तथ्याङ्क सार्वजनिक गरेको हो।
कम्पनीले कोरोना महामारीबीच वर्क फ्रम होमका लागि धेरैले ठूला स्क्रीन भएका डेस्कटप तथा ल्यापटपको माग गरेकाले पनि यो सङ्ख्या बढेको बताएको छ।
यस वर्षको पहिलो त्रैमासमा माइक्रोसफ्टको व्यापार अड्कल गरिएको ४१ अर्ब डलरको साटो त्योभन्दा धेरै ४१ अर्ब ७० करोड डलरको भएको र त्यसबाट खुद नाफा १५ अर्ब ५० करोड डलर भएको छ। यो कमाइ अघिल्लो वर्षको सोही अवधिको भन्दा ४४ प्रतिशतले धेरै हो।
प्रकाशित: १६ बैशाख २०७८, बिहीबार