रियलमीको जीटी निओ स्मार्टफोन दैनिक १० हजार थान बिक्री

Technology Khabar १५ बैशाख २०७८, बुधबार

काठमाडौं ।

रियलमीले आफ्नो गत महिना चीन सार्वजनिक भएको जीटी निओ स्मार्टफोन बजारमा उपलब्ध भएदेखि याता २ लाथ थान बिक्री गरेको छ।

गएको अप्रिल ८ तारिखका दिन चीनमा सार्वजनिक गरिएको रियलमीको यो स्मार्टफोन मिडियाटेकको डाइमेन्सिटी १२०० चिपसेट राखिएको छ।

२० दिनमा २ लाख थान बिक्री हुनुले दैनिक औसत् १० हजार थान बिक्री भएको तथ्याङ्क निस्किन्छ।

यस फोनमा १२० हर्ज रिफ्रेश रेटसहितको ६.४३ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ भने यसको पछाडिपट्टि ६४ मेगापिक्सेलको मुख्य क्यामरा दिइएको छ।

पावरका लागि ५० वाटको फास्ट चार्जिङ सपोर्टसहितको ४५०० एमएएच ब्याट्री राखिएको छ।

यसको शुरुवाती मूल्य २७७ डलर तोकिएको छ।

प्रकाशित: १५ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया