दूरसञ्चार तथा इन्टरनेट सेवाका लागि सहजीकरण गरिदिन दूरसञ्चार प्राधिकरणको आग्रह

  • Technology Khabar | १५ बैशाख २०७८, बुधबार
दूरसञ्चार तथा इन्टरनेट सेवाका लागि सहजीकरण गरिदिन दूरसञ्चार प्राधिकरणको आग्रह
काठमाडौंको कोटेश्वरमा रहेका मोबाइल टावरहरु। फाइल तस्बिर: टेक्नोलोजीखबर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले निशेधाज्ञाको अवधिभर दूरसञ्चार तथा इन्टरनेट सेवाका लागि सहजीकरण गरिदिन सबैलाई अनुरोध गरेको छ ।

प्राधिकरणले दूरसञ्चार सेवा अत्यावश्यक सेवामा पर्ने र अहिलेको कठिन अवस्थामा दूरसञ्चार सेवा २४ सै घण्टा सुचारु गर्नुपर्ने भन्दै सबै सरोकारबालाहरुलाई सहजीकरण गरिदिन भनेको हो ।

प्राधिकरणले गृह मन्त्रालयलाई सो बारेमा जानकारी दिँदै हाल मोबाइल सेवा प्रदान गरिरहेका नेपाल टेलिकम एनसेल आजियाटा र स्मार्ट टेलिकमसहित सबै इन्टरनेट सेवा प्रदायकहरुका सवारी साधन र कर्मचारीहरुलाई सम्बन्धित कम्पनीको परिचयको आधारमा आवतजावत गर्ने व्यवस्था मिलाईदिन अनुरोध गरेको छ ।

अघिल्लो पटकको लकडाउनको अवस्थामा दूरसञ्चार सेवाका कर्मचारी र सवारी साधनहरुलाई सहजिकरण नहुँदा कठिनाई भोग्नुपरेको थियो । तर अहिले भने जिल्ला प्रशासन कार्यालयहरुले समेत दूरसञ्चार तथा इन्टरनेट सेवाका लागि सहजीकरण बनाउने निर्णय गरिसकेका छन् ।

प्रकाशित: १५ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...