
काठमाडौं ।
टेक जायन्ट कम्पनी ह्वावे टेक्नोलोजीज स्मार्टफोन बजारभन्दा बाहिर नयाँ इकोसिस्टम विकास गर्न लागिरहेको छ । यसै परिपेक्ष्यमा कम्पनी हालै रोचकरुपमा शिक्षा क्षेत्रमा प्रवेश गरेको छ।
यसले आधिकारिक रूपमा घोषणा गर्यो ‘हामी स्मार्ट क्लासरूम उद्योगमा प्रवेश गर्ने छौं। अप्रिल २३ मा ज़ियामेन शैक्षिक उपकरण प्रदर्शनीमा भेटौंला।’
गत महिनाको शुरुवातमा ह्वावेले स्मार्ट क्लासरूम सलुसन लन्च गरेको थियो। ह्वावेको नयाँ सहयोगी ट्याब्लेट श्रृंखला, हुवावे आइडियाहब बोर्डमा सफ्ट लाइट आई प्रोटेक्सन जस्ता प्रविधिहरूको श्रृंखला समावेश गर्दछ।
साथै, यसले ह्वावे स्क्रीन चार्जर र स्मार्ट पेन्टिङ्ग पेन ल्याएको छ। क्लाउडको सहयोगले ईलर्निंगको अन्तर्क्रियात्मक अनुभवलाई अधिकतम सहज गर्दछ र शिक्षणलाई दक्ष र सरल बनाउँदछ।
ह्वावे कोल्याब्रेसन ट्याब्लेटको एक १०८०पि/३० फ्रेमसहित हाई डेफिनिसन भिजुअल अनुभव हुनेछ। ट्याब्लेटको साथ स्मार्ट कक्षाकोठामा शिक्षकहरू र विद्यार्थीहरूले उच्चगुणस्तरको थ्रीडी कोर्सवेयरको मजा लिन सक्छन् र हाई डेफिनिसन ठूलो स्क्रिनको माध्यमबाट वास्तविक समयमा अन्तर्क्रिया गर्न सक्छन्।
पछिल्लो दिनमा ह्वावेले नयाँ क्षेत्रहरुमा हात हालिरहेको छ र नयाँ प्रविधिहरु र सलुसनहरु ल्याईरहेको छ । कम्पनीले केहि दिनअघि मात्र स्मार्ट कार टेक्नोलोजीको क्षेत्रमा कार निर्माता कम्पनीसँग मिलेर नयाँ सिस्टम ल्याएको थियो । एजेन्सी
प्रकाशित: १० बैशाख २०७८, शुक्रबार