
काठमाडौं ।
रुपन्देहीमा पहिलो पटक मोबाइल एपमार्फत घर–घरबाटै यातायात सेवा प्रदान गर्न थालिएको छ ।
सफल सवारी सेवा नामक संस्थाले बुटवलमा दुईवटा मोबाइल एप्लिकेसन शुभारम्भ गर्दै घर–घरबाटै यातायात सेवाको सुरुवात गरेको हो ।
काठमाडौँमा यो सेवा रहे पनि उपत्यकाबाहिर भने रुपन्देहीमा पहिलो पटक सेवा सुरु गरिएको सफल सवारीले जनाएको छ।
सूचना प्रविधि विषयको अध्ययन गरेका सात जना युवा विद्यार्थी रोशन कार्की, विष्णु घिमिरे, नवीन राना, हिमाल शर्मा, खिमा अधिकारी र सुदन पाण्डेले १५ लाख लगानीमा यो सेवा सुरु गरेका हुन् ।
सजिलो सवारी र सजिलो सवारी चालक गरी यी दुई मोबाइल एपमार्फत यात्रा गर्न चाहने व्यक्ति कहाँ छ र कहाँ जान चाहन्छ भन्ने सबै जानकारी दिन सकिने र यो एपमार्फत बोलाएको ठाउँमा केही समयमै सवारी लिन आइपुग्ने संस्थाका अध्यक्ष रोशन कार्कीले बताए ।
अहिलेसम्म साढे दुई सय चालकले सजिलो सवारी चालकमा आफ्नो नाम दर्ता गराइसकेको कार्कीले जानकारी दिए । संस्थाकी प्रबन्ध निर्देशक विष्णु घिमिरेले यसबाट नयाँ रोजगारीसमेत सिर्जना हुने बताईन् ।
कोभिडका बेलामा यातायात सेवा ठप्प हुँदा नागरिकले पाएको दुःखलाई ध्यानमा राखी यो अवधारणा अगाडि बढेको र अहिले आएर एप्लिकेसन तयार गरी सेवा शुभारम्भ गरिएको घिमिरेले बताईन् । गोरखापत्रबाट
प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार