गुगल असिस्टेन्टमार्फत् अब हराएको आईफोन खोज्न सकिने

  • Technology Khabar | ३ बैशाख २०७८, शुक्रबार
गुगल असिस्टेन्टमार्फत् अब हराएको आईफोन खोज्न सकिने

काठमाडौं ।

गुगल असिस्टेन्टले बुधबार केही नयाँ फिचरहरु थप्यो। तीमध्ये सबैभन्दा आकर्षणको केन्द्रविन्दु भने आईफोन खोज्ने फिचर हो। फाइन्ड माइ फोन फङ्शन एप र भ्वाइस असिस्टेन्टमा पहिलेदेखि नै रहेको गुगलले पहिलो पटक फाइन्ड माइ आईफोन  फिचर थपेको हो।

गुगलले यो र यस्ता फिचर ‘मेकिङ द डे अ लिटल इजियर’ थिम अन्तर्गत ल्याएको हो।

अब गुगल असिस्टेन्ट अथवा गुगल स्मार्ट स्पिकरलाई आफ्नो हराएको वा यताउता परेको आईफोनमा कल गर्न वा खोज्न आदेश दिन सकिन्छ। यसरी आदेश दिइसकेपछि उक्त आईफोन साइलेन्ट वा डु नट डिस्टर्ब मोडमै भए पनि कल गर्न सक्छ।

यसका लागि आईफोनमा रहेको सेक्युरिटी सेटिङ्समा गएर यो फिचर इनेबल गर्नुपर्छ।

प्रकाशित: ३ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...