ह्वावेले व्यवसाय लचिलोपन बढाउन र चुनौतीपूर्ण वातावरण नेभिगेट गर्न पोर्टफोलियो अनुकूलन गर्दै

Technology Khabar २ बैशाख २०७८, बिहीबार

काठमाडौं ।

ह्वावेले शेन्जेनमा १८ औं ग्लोबल एनालिस्ट समिट आयोजना गरेको छ । उद्योग र वित्तीय विश्लेषकहरू, मुख्य ओपिनियन लिडरहरू र मिडिया प्रतिनिधिहरू सहित ४०० भन्दा बढी अतिथिहरू अन–साइटमा कार्यक्रममा सामेल भएका थिए साथसाथै अनलाईन मार्फत विश्वभरका विश्लेषकहरू र मिडिया प्रतिनिधिहरूले भाग लिएका थिए ।

ह्वावेका रोटेटिङ अध्यक्ष एरिक जूले २०२० मा कम्पनीको व्यवसाय प्रदर्शनका साथै पाँचवटा रणनीतिक पहलहरू अगाडि बढिरहेको कुरा सेयर गरे । जूका अनुसार, ह्वावेले यी कामहरु गर्नेछ:

  • व्यापार लचिलोपन बढाउन यसको पोर्टफोलियो अनुकूलन गर्नु । यी प्रयासहरूको एक हिस्साको रूपमा ह्वावेले आफ्नो सफ्टवेयर क्षमतालाई सुदृढ पार्नेछ र अत्याधुनिक प्रक्रिया प्रविधिहरूमा कम निर्भर हुर्ने व्यवसायहरूमा साथै इन्टेलिजेन्ट सवारीका लागि चाहिने कम्पोनेन्टहरूमा बढी लगानी गर्नेछ।
  • मोबाइल संचारको विकासलाई ड्राइभ गर्न उद्योगका पाट्नरहरूसँग फाइभजीको भ्यालु बढाउने र ५.५जी लाई परिभाषित गर्नेछ ।
  • सिमलेस, प्रयोगकर्ता–केंद्रित र अल युजर सिनारियोमा इन्टेलिजेन्ट अनुभव प्रदान गर्नेछ ।
  • कम कार्बन खपत गर्ने संसारको लागि ऊर्जा आविष्कार गर्नेछ ।
  • आपूर्ति निरन्तरताका चुनौतीहरूको सम्बोधन गर्नेछ ।

‘उद्योगलाई फेरि ट्र्याकमा ल्याउनका लागि विश्वव्यापी सेमिकन्डक्टर सप्लाई चेनमा विश्वासको पुनःनिर्माण र सहयोगको पुनः स्थापना अत्यन्त महत्वपूर्ण छ,’ एरिक जूले भने ।

‘अगाडि बढ्दै जाँदा हामी आफूलाई जटिल र अस्थिर वैश्विक वातावरणमा पाउनेछौं । कोभिड–१९ को पुनरुत्थान र भू–राजनीतिक अनिश्चितताले हरेक संगठन, व्यवसाय र देशका लागि जारी चुनौतीहरू प्रस्तुत गर्दछ । हामी डिजिटल टेक्नोलोजीको शक्तिमा विश्वास गर्दछौं जसले हामी सबैले सामना गर्ने समस्याहरूलाई नयाँ सोलुसन प्रदान गर्दछ । त्यसैले हामी नयाँ ग्राहक र साझेदारहरूको साथ प्रत्येक व्यक्ति, घर र संगठनमा पूर्ण रुपमा कनेक्टेड इन्टेलिजेन्ट संसारका लागि डिजिटल अबलमबन गर्न डिजिटल रुपान्तरणलाई अगाडि बढाउने क्रमलाई जारी राख्नेछौं ।’

बोर्डका निर्देशक र ह्वावेका रणनीतिक अनुसंधान संस्थानका अध्यक्ष विलियम जूले आगामी दशकमा सामाजिक कल्याणलाई प्रभाब पार्ने चुनौतीहरूको बारेमा छलफल गरे । जसमा बढ्दो जनसंख्या र बढ्दो उर्जा खपत रहेको छ । उहाँले २०३० को इन्टेलिजेन्ट संसारमा ह्वावेको दृष्टिकोणलाई अगि सार्नु भयो जसमा नौ प्राविधिक चुनौतीहरू र अनुसन्धान प्रयासहरूको लागि प्रस्तावित निर्देशनहरू समावेश छन् । यसमा समावेश छन्:

  • ५.५जीको परिभाषाले अर्बौंको विभिन्न प्रकारका कनेक्सनहरूको समर्थन गर्ने
  • फाइबर क्षमतालाई वृद्धि गर्ने नानोस्केल अप्टिक्सको विकास गर्ने
  • सबै चीजहरू कनेक्ट गर्न नेटवर्क प्रोटोकलहरू अनुकूलन गर्ने
  • पर्याप्त उन्नत कम्प्युटिंग शक्ति प्रदान गर्दै इन्टेलिजेन्ट संसारलाई समर्थन गर्ने
  • औद्योगिक एआई मा सफलता ड्राइभ गर्न भारी डाटाको मात्राबाट ज्ञान निकाल्ने
  • १००एक्स डेन्सर स्टोरेज प्रणालीहरूको लागि भ्यान न्युमेन आर्किटेक्चर भन्दा अगाडि बढ्ने
  • हाइपर–रियलिटी बहु–मोडल अनुभवको लागि कम्प्युटिंग र सेन्सिङलाई संयोजन गर्ने
  • मानिसहरूलाई अझ सक्रिय रूपमा आफ्नो स्वास्थ्यको हेरचाह ब्यबस्था गर्नका लागि महत्वपूर्ण संकेतहरूको निरन्तर स्वम–निगरानीको लागि सक्षम पार्ने
  • ग्रीनर इलेक्ट्रिसिटीको उत्पादन, स्टोरेज र खपतका लागि इन्टेलिजेन्ट इन्टरनेट अफ एनर्जी निर्माण गर्ने

विलियम जूले भने, ‘आउँदो दशकमा हामी समाजमा धेरै ठूलो सुधारहरू देख्न सक्ने छौं । यी प्रयासहरूलाई प्रबर्धन गर्न हामी विभिन्न उद्योग, शिक्षाविद्, अनुसन्धान संस्थानहरू र अनुप्रयोग विकासकर्ताहरूसँग मिलेर विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्ने आशा राख्दछौं । एक साझा दृष्टि संगै, हामी सबैको अन्वेषण गर्ने एउटा भूमिका रहेको छ कि कसरी कनेक्शनहरू बलियो बनाउने, छिटो कम्प्युटिंग गर्ने र एनर्जी ग्रीनर गर्ने भनेर । आउनुहोस्, २०३० मा एक इन्टेलिजेन्ट संसारतिर अगाडी बढौं ।’

पहिलो ह्वावे ग्लोबल एनालिस्ट शिखर सम्मेलन २००४ मा आयोजित भएको थियो र त्यस बेलादेखि वार्षिक रूपमा आयोजना हुँदै आएको छ । यस बर्षको शिखर सम्मेलन, ‘बिल्डिंग ए फुल्ली, इन्टेलिजेन्ट वल्र्ड’ अप्रिल १२ देखि १४ सम्म थुप्रै ब्रेकआउट सत्रहरू सहित चल्ने छ जहाँ विश्वभरका उद्योग विशेषज्ञहरूले उनीहरूको युनिक अन्तरदृष्टि प्रकट गर्न सक्छन् र भविष्यका ट्रेन्ड्समा छलफल गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया