रेडमीले आफ्नो पहिलो गेमिङ स्मार्टफोन यसै महिना सार्वजनिक गर्ने

  • Technology Khabar | ३१ चैत्र २०७७, मंगलवार
रेडमीले आफ्नो पहिलो गेमिङ स्मार्टफोन यसै महिना सार्वजनिक गर्ने

काठमाडौं ।

केही समयअघि गेमिङ फोन ल्याउने बताएको शाओमी अन्तर्गतको ब्रान्ड रेडमीले आफ्नो पहिलो गेमिङ सिरिजको स्मार्टफोन यसै महिनाको अन्त्यसम्म आउने घोषणा गरेको छ।

रेडमीले यसको स्पेसिफिकेशनका बारेमा कुनै जानकारी दिएको छैन तर कम्पनीले यसको रिलिजका लागि कल अफ ड्युटी मोबाइलसँग साझेदारी गरेको छ।

अघिल्लो महिना एक प्रविधिसम्बन्धी विवरण सार्वजनिक गर्ने एक विश्वासिलो लिकरले रेडमीको पहिलो गेमिङ स्मार्टफोनमा डिमेन्सिटी १२०० एसओसी चिपसेट रहने बताएका थिए।

यसबाहेक यसमा फ्लाट ओएलईडी प्यानल रहने तथा सेल्फी क्यामेराका लागि पञ्चहोल डिस्प्ले रहने बताइएको छ। ६५ वाट फास्ट चार्जिङ सपोर्टसहितको ५, ००० एमएएच क्षमताको ब्याट्री दिइने यो फोनमा शोल्डर ट्रिगरसहित दिइने बुझिएको छ।

यसको मूल्य ३०५ देखि ३८० डलर रहने पनि बताइएको छ।

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार