क्रुजले दुबईमा स्वचालित रोबोट्याक्सी सेवा शुरु गर्ने

  • Technology Khabar | ३१ चैत्र २०७७, मंगलवार
क्रुजले दुबईमा स्वचालित रोबोट्याक्सी सेवा शुरु गर्ने

काठमाडौं ।

जनरल मोटर्स र होन्डाको सहयोग रहेको स्वचालित सवारी बनाउने कम्पनी क्रुजले आफ्नो पहिलो अन्तरराष्ट्रिय रोबोट्याक्सी सेवा दुबईमा शुरु गर्ने भएको छ।

कम्पनीले अर्को वर्ष रोबोट्याक्सीको परीक्षण गर्ने र त्यसको केही समयपछि व्यावसायिक रुपमै अगाडि बढाउने योजना बनाएको छ। तर यसको मिति भने यकिन गरिएको छैन।

यो जानकारीको घोषणा सोमबार बिहानै दुबईका युवराज हम्दन बिन मोहम्मदले गरेका हुन्। यो सेवाको शुरुवात भएपछि क्रुजले सन् २०१९ मा सार्वजनिक भएका आफ्ना पूर्ण स्वचालित ओरिजिन नामका सवारीहरुको प्रयोग गर्नेछ।

हाल सान फ्रान्सिस्कोमा परीक्षणको क्रममा रहेका चेभी बोल्ट विद्युतीय सवारीलाई भने यसमा प्रयोग गर्ने कम्पनीको योजना छैन।

ओरिजिनलाई शेयर्ड भेहिकलका रुपमा डिजाइन गरिएकाले उत्पादनमा गएपछि यसमा मान्छेले हाँक्ने गरी स्टियरिङ, पेडललगायतका कुनै नियन्त्रणका साधन राखिएका हुनेछैनन्। क्रुजले सन् २०३० सम्म दुबईमा ४००० भन्दा बढी यस्ता सवारी उतार्ने योजना बनाएको छ।

कम्पनी अझै पनि सान फ्रान्सिसकोलाई रोबोट्याक्सीको पहिलो बजार बनाउन चाहन्छ। क्रुजले आफ्नै सहर सान फ्रान्सिस्कोमा सन् २०१९ मा व्यावसायिक सेवा शुरु गर्न चाहेर पनि सफल भएको थिएन। यसको नयाँ मिति अझै घोषणा भएको छैन।

क्रुजको ओरिजिन जनरल मोटर्सको डेट्रोइटमा रहेको ह्यामट्र्याम्क प्लान्टमा सन् २०२२ देखि उत्पादनमा जानेछ।

कोरोना महामारीका बीच शेयर्ड राइडमा नकारात्मक असर देखिएकाले क्रुजले सुरक्षाका नयाँ नियमसहित यात्रुलाई सामाजिक दूरी कायम गर्न लगाउने र सवारीलाई पूर्णरुपमा स्यानिटाइज गर्ने व्यवस्था पनि गर्ने बुझिएको छ।

प्रकाशित: ३१ चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Everest Engineering College organized talk program on ‘Save the Himalayas’

  • Technology Khabar
  • ३१ चैत्र २०७७, मंगलवार