आईफोनमा लाग्ने प्यानल सामसङ र एलजीले सप्लाइ गर्ने

  • Technology Khabar | ३० चैत्र २०७७, सोमबार
आईफोनमा लाग्ने प्यानल सामसङ र एलजीले सप्लाइ गर्ने

काठमाडौं ।

एप्पलले आईफोन १३ प्रो डुओमा एलटीपीओ ओएलईडी प्यानल प्रयोग गर्ने भएको छ। डिजिटाइम्समा हालै आएङ्को एक रिपोर्टका अनुसार उक्त प्यानल सामसङ र एलजीले सप्लाइ गर्नेछन्।

गत वर्षको जनवरीमा द इलेकमा आएको रिपोर्ट अनुसार तत्काल सामसङले एप्पलका लागि आवश्यक डिस्प्ले आपूर्ति गर्ने र यो काममा एलजी आउँदो वर्षमात्र जोडिने बताइएको थियो। यदि यो खबर सही निस्केमा अब एप्पलका लागि डिस्प्ले आपूर्ति गर्ने दुईओटा कम्पनी हुनेछन् जुन एप्पलका लागि राम्रो कुरा हो।

भ्यानिला रंगको आईफोन १३ र आईफोन १३ मा एलजी र बीओइले आपूर्ति गर्दै आएको प्यानलमार्फत् एलटीपीएस ओएलईडी प्रविधि नै प्रयोग हुनेछ। तर नयाँ एलटीपीओ प्रविधि अपनाएपछि भने यसले ब्याट्री कम खाने र रिफ्रेश रेट पनि उच्च हुनेछ।

बीओई पनि एलटीपीओ प्यानल सप्लाइका लागि उत्सुक रहेको छ तर यस वर्षको मोडलहरुका लागि यसले इजाजत पाएको छैन। एप्पलले आगामी वर्ष आउने आफ्ना मुख्य चारवटै आईफोन मोडलहरुमा एलटीपीओ प्यानल राख्ने अपेक्षा गरिएको छ र यसका लागि सामसङ र एलजीबाहेक अर्को एउटा आपूर्तिकर्ता पनि थपिनुले कम्पनीलाई सजिलै हुने आकलन गर्न सकिन्छ।

विश्लेषकहरुका अनुसार आईफोन १३ सिरिज आगामी सेप्टेम्बरमा सार्वजनिक हुनेछ। तर आपूर्ति श्रृङ्खलामा कुनै प्रकारको ढीलासुस्ति आएमा चने अक्टोबर पनि पुग्न सक्छ।

प्रकाशित: ३० चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...