लिंक्डइनका ५० करोड यूजर डाटा ह्याक, डार्क वेबमा बिक्रीमा

  • Technology Khabar | २७ चैत्र २०७७, शुक्रबार
लिंक्डइनका ५० करोड यूजर डाटा ह्याक, डार्क वेबमा बिक्रीमा

काठमाडौं ।

अनलाइन प्रोफेशनल नेटवर्क लिंक्डइनका झण्डै ५० करोड प्रयोगकर्ताहरुको तथ्यांक ह्याक भएको छ। यसरी ह्याक भएका तथ्याङ्क डार्क वेबमा बिक्रीमा राखिएको पुष्टि भएको हो ।

विश्वका चर्चित कम्पनीहरुका डाटा चोरी भएर डार्क वेबमा बिक्रीका लागि राखिने क्रम चलिरहँदा पछिल्लो शिकार लिंक्डइन बनेको छ।

गएको मंगलबार साइबर सेक्युरिटी र रिसर्च साइट साइबरन्युजले तथ्यांक बिक्रीमा रहेकोबारे पहिलो पटक समाचार प्रकाशित गरेका थिए ।

अन्तरराष्ट्रिय समाचार संस्था द भर्जका अनुसार यसरी चोरी भएकाे तथ्याङ्कमा प्रयोगकर्ताको यूजर आईडी, नाम, इमेल ठेगाना, फोन नम्बर, लिंग, व्यवसायिक तथ्यांक र अन्य सामाजिक सञ्जालसँगको लिंक बिक्रीमा रहेको छ। उक्त ह्याकरले तथ्याङ्कका लागि बिटक्वाइन कम्तीमा ४ अंकको रकम मूल्य राखेको बताइएको छ।

यता लिंक्डइनका प्रवक्ताले भने एउटा आधिकारिक विज्ञप्तिमा यसो भनेका छन्,’हामी यसबारेमा अनुसन्धान गरिरहेका छाैं। डार्क वेबमा बिक्रीमा राखिएको तथ्याङ्क लिंक्डइन तथा अन्य साइटमा रहेका अन्य व्यक्तिले हेर्न मिल्ने गरी राखिएको पब्लिक डाटा भएको पाइएको छ। हाम्रो प्रयोगकर्ताको तथ्याङ्क चोरी गर्नु गैरकानुनी भएकाले हामी सुरक्षाका ह प्रयास गरिरहेका छाैं।’

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...