आईफोनमा यसरी तपाईँको व्यक्तिगत फोटो लक गर्नुहोस्, तपाई बाहेक अरू कसैले हेर्न सक्दैन्

  • Technology Khabar | २७ चैत्र २०७७, शुक्रबार
आईफोनमा यसरी तपाईँको व्यक्तिगत फोटो लक गर्नुहोस्, तपाई बाहेक अरू कसैले हेर्न सक्दैन्

काठमाडौं ।

एप्पल आईफोन विश्वमा आफ्नो सेफ्टी र सेक्यूरिटीको लागी परिचित छ। यदि तपाईँ कुनै आईफोन प्रयोगकर्तालाई यसको विशेषताहरुहरु के हो भनेर सोध्नुहुन्छ भने उनीहरूले आईफोन सेक्यूरिटीमा सबैभन्दा राम्रो हो भन्छन्।

हो, त्यहाँ कुनै शंका छैन कि आईफोन सुरक्षाको लागि उत्तम हो। यदि तपाईं आईफोन प्रयोगकर्ता हुनुहुन्छ तर तपाईंलाई आईफोनमा फोटोहरू कसरी लुकाउने भनेर थाहा छैन भने हामी तपाईंलाई यसको विधि यहाँ बताउँदैछौं।

धेरै मानिसहरूलाई आईफोनमा तस्विर लुकाउने कुरा थाहा छैन्, त्यसैकारणले उनीहरू आईफोन काम नलाग्ने छ भनेर भन्छन र यस भन्दा राम्रो एन्ड्रोइड स्मार्टफोन भएको बताउँछन्, तर यो जानकारीको अभावले गर्दा हो ।

यदि तपाईलाई लाग्छ कसैले तपाईँको आईफोन ह्याक गरेको छ भने, हुनसक्छ उसले तपाईँको तस्विरहरु समेत आईफोनबाट लिनेछ भनेर तपाई चिन्ता गर्नुहुन्छ।

तर हामी तपाईंलाई यसको समाधान बताउँदैछौं, जसमा तपाईं फोटो लक गरेर यस डरलाई हटाउन सक्नुहुन्छ।

यसरी लक गर्नुस्:

यस प्रक्रियाको लागि, तपाईँ नोड प्याडमा सबैभन्दा पहिले जानु पर्नेछ, त्यसपछि यहाँ नयाँ नोट बनाउनुहोस्। यहाँबाट तपाईँका व्यक्तिगत फोटोहरू इम्पोर्ट गर्नुहोस र यसलाई फेरि लक गर्नुहोस्। यो लक गर्न तपाईको एप्पल आईडी आवश्यक पर्दछ। यस पछि यो लक हुनेछ। यसलाई खोल्नको लागि, अब तपाईंले उही पासवर्ड हाल्नुपर्नेछ र मात्र यो खुल्नेछ।

त्यसोगरिसकेपछि तपाईं यहाँबाट अन्य एपहरू मार्फत सिधै फोटो साझेदारी गर्न समेत सक्नुहुनेछ।

यस बाहेक, यदि तपाईं चाहनुहुन्छ भने ग्यालरीमा समेत फोटोहरु थप्न सक्नुहुन्छ।

प्रकाशित: २७ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

PUBG Mobile and Naruto Shippuden announces partnership with coming Version 4.5

  • Technology Khabar
  • २७ चैत्र २०७७, शुक्रबार