पाकिस्तानमा टिकटकमाथि लागेको प्रतिबन्ध हट्यो

  • Technology Khabar | १९ चैत्र २०७७, बिहीबार
पाकिस्तानमा टिकटकमाथि लागेको प्रतिबन्ध हट्यो

काठमाडौं ।

पाकिस्तानको एउटा उच्च अदालतले त्यहाँको दूरसञ्चार संस्थालाई टिकटकमाथि लागेको प्रतिबन्ध हटाउन सक्ने इजाजत दिएको छ।

पाकिस्तानमा त्यहाँको सरकारले केही समयअघि टिकटकमा ‘अनैतिक’ सामग्री हालिएकाले प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

पाकिस्तान टेलिकम्युनिकेशन अथोरिटी पीटीएका प्रमुखले बिहीबार अदालतमा सुनुवाइका क्रममा आफूहरु टिकटकसँग निरन्तर समन्वयमा बसेको र यसमा हालिने सामग्रीको जाँचका लागि एक जना सम्पर्क व्यक्ति नियुक्त गर्ने सम्बन्धमा पनि समझदारी भइसकेको बताएका छन्।

सरकारले ‘अनैतिक’ भनेका सामग्रीमा नग्नता भएका, अश्लील तथा धार्मिक रुपले अपमानजनक रहेका बुझिएको छ।

अनैतिक खालका सामग्री अपलोड गरेमा पीटीएले उनीहरुविरुद्ध कडा कदम चाल्छ भन्ने थाहा पाएपछि मानिसहरुले यस्ता भिडियोहरु अपलोड गर्नेछैनन्,’ पेशावरमा रहेको उच्च अदालतकका प्रधानन्यायाधीश कैसर रशिद खानले सुनुवाइका क्रममा भने।

‘हामी पीटीएको समर्थन र हाल चलिरहेको सम्वादको सराहना गर्छाैं, साथै पाकिस्तानी प्रयोगकर्ताहरुङ्का डिजिटल अनुभवप्रतिको उनीहरुको सकारात्मकतालाई सम्मान गर्दछाैं,’ टिकटकले बिहीबार प्रतिबन्ध फुकेपछि एक विज्ञप्ति जारी गर्दै भनेको छ।

गएको मार्च ११ तारिखमा अदालतले अश्लील सामग्री अपलोड गरेका कारण उजुरी परेपछि टिकटकमाथि प्रतिबन्धको घोषणा गरेको थियो।

पीटीएले यस्तै कारण देखाउँदै अघिल्लो वर्ष पनि टिकटकमाथि प्रतिबन्ध लगाएर १० दिनपछि फुकुवा गरेको थियो।

प्रकाशित: १९ चैत्र २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल आई/ओ आगामी मे १९ र २० मा आयोजना हुँदै

  • Technology Khabar
  • १९ चैत्र २०७७, बिहीबार