मेरो सेयर तथा डिम्याट खाता नविकरण शुल्क रकम ‘खल्ती’ वालेटबाटै तिर्न सकिने

  • Technology Khabar | १० चैत्र २०७७, मंगलवार
मेरो सेयर तथा डिम्याट खाता नविकरण शुल्क रकम ‘खल्ती’ वालेटबाटै तिर्न सकिने

काठमाडौं ।

स्प्यारो पे प्रालि र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सहकार्यमा अब मेरो सेयर तथा ७६ वटा डिम्याट खाता संचालक कम्पनी (डिपी) को डिम्याट एकाउन्ट नवीकरण शुल्क खल्ती डिजीटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ ।

यसको लागि कुनै अन्य सेवा शुल्क नलाग्ने खल्तीले जनाएकोछ।

सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य र खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेल बीच सो बारेमा सम्झौता भएको छ।

यस अन्तर्गत अब मेरो सेयर र डिम्याट खाताको नवीकरण खल्ती डिजिटल वालेटबाटै गर्न सकिने भएको छ। डिम्याट खाताधनीहरूले मेरो सेयरको होम स्क्रिनमा लगइन गरी त्यहाँ रहेको प्रोफाइलमा खाता नवीकरण गर्ने सुविधा उपलब्ध गरिएको छ।

सेयर डिम्याट खाता र मेरो सेयर शुल्क तिरेर नवीकरण गर्नुपर्ने नियम रहेको छ । समयमा शुल्क नतिरेको खण्डमा मेरो सेयर खाता निष्क्रिय हुने गरेको छ । खाता निष्क्रिय भएको खण्डमा डिम्याट खातामा भएको सेयर स्थानान्तरण गर्न सकिँदैन । साथै विभिन्न कम्पनीले निस्कासन गर्ने प्राथमिक सेयरहरु (आइपिओ) मा पनि आवेदन गर्न सकिँदैन।

लगानीकर्ताहरू यस अघि डिम्याट खाता संचालक मेरो सेयर र कम्पनी (डिपी) को कार्यालय धाएर डिम्याट खाताको नवीकरण शुल्क तिर्दै आएका थिए।

प्रकाशित: १० चैत्र २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...