सिभिल बैंकको ‘ग्लोबल मनी विक’, क्यूआर कोडसहित विद्युतिय माध्यमहरुको बारेमा जानकारी दिने

  • Technology Khabar | ८ चैत्र २०७७, आईतवार
सिभिल बैंकको ‘ग्लोबल मनी विक’, क्यूआर कोडसहित विद्युतिय माध्यमहरुको बारेमा जानकारी दिने

काठमाडौं ।

सिभिल बैंकले ‘ग्लोबल मनी विक’ को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउने भएको ।

बैंकले ‘ग्लोबल मनी विक’ को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना निम्नानुसार हुने कुरा बैंकले जानकारी दिएको छ ।

बैंकले चैत्र ९ गते प्रदेश नं १ मा अर्किड कलेज, बिराटनगरमा वित्तिय साक्षरता कार्यक्रम तथा बिर्तामोडका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्नेछ भने चैत्र १० गते प्रदेश नं २ मा जनकपुरमा वित्तिय साक्षरता कार्यक्रम तथा खुद्रा व्यापारीहरुमा क्यूआर कोड मार्फत भुक्तानीको थालनी गर्नेछ ।

यस्तै चैत्र ११ गते वाग्मती प्रदेशको धुलिखेल तथा बनेपामा वित्तिय साक्षरता कार्यक्रम तथा हेटौंडाका टेम्पुहरुमा क्यूआर कोडमार्फत भाडा भुक्तानीको थालनी गर्ने र चैत्र १२ गते गण्डकी प्रदेशको बेगनास ताल डुंगा ब्यबसायी संघमा वित्तिय साक्षरता कार्यक्रम गर्ने बैंकको योजना रहेको छ ।

बैंकले चैत्र १३ गते लुम्बिनी प्रदेशको बुटवल, मणिग्राम, तुलसीपुरमा वित्तिय साक्षरता कार्यक्रम, चैत्र १४ गते कर्णाली प्रदेशको बिरेन्द्रनगर सुर्खेतमा वित्तिय साक्षरता कार्यक्रम र चैत्र १५ गते सुदुरपश्चिम प्रदेशको धनगढी, जानकी, आदर्श, बन्निगढ, लम्किचुहा र भजनीमा वित्तिय साक्षरता कार्यक्रम गर्ने जानकारी दिएको छ ।

साथै बैंकले आफ्नो सामाजिक संजालमार्फत सात प्रमुख विद्युतिय माध्यमहरु (मोवाइल एप, क्यूआर कोड, एटिएम, ईन्टरनेट बैंकिंङ्ग, कनेक्ट आइपियस, पिओएस र डिजिटल वालेट) को बारेमा चेतनामुलक सामाग्रीहरुको प्रसारण गर्ने योजना रहेको छ।

प्रकाशित: ८ चैत्र २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार