टाइमलाइनमै युट्युब भिडियो हेर्न मिल्ने फिचर ल्याउँदै ट्विटर

  • Technology Khabar | ६ चैत्र २०७७, शुक्रबार
टाइमलाइनमै युट्युब भिडियो हेर्न मिल्ने फिचर ल्याउँदै ट्विटर

काठमाडौं ।

ट्विटरले आफ्नो आईओएस एपमा युट्युबका पूरा भिडियो सपोर्ट गर्ने फिचर परीक्षण गरिरहेको जनाएको छ। यसबाट प्रयोगकर्ताले ट्विटर नछोडी युट्युबका पूरा भिडियो हेर्न सक्छन्।

अहिलेसम्मको स्थितिमा ट्विटर र युट्युबबीच खासै तालमेल देखिँदैन। अहिले टाइमलाइनमा युट्युब भिडियोको प्रिभ्यू पनि हेर्न मिल्दैन।

ट्विटरमा रहेका युट्युब लिंकका बारे जानकारी लिन मन लागेको खण्डमा ट्विटमा क्लिक गरेपछि मात्र प्रिभ्यू इम्बेड लिंक आउँछ।

‘युट्युबका भिडियो अब कुराकानी नछोडी तपाईँको सिधै होम टाइमलाइनमा हेर्नुहोस्’, ट्विटरले आफ्नो नयाँ फिचरमा भनेको छ।

यो नयाँ फिचरले ट्विटर नछेडी युट्युब भिडियो हेर्न सम्भव हुन्छ जुन ‘ओपन युट्युब लिंक’ मा क्लिक गरेर आईओएसको युट्युब एप खोलिएपछि हेर्नुभन्दा कैयै गुणा राम्रो हो।

कम्पनीले यो फिचरलाई उच्च गुणस्तरको फोटो तथा फोरके सपोर्टजस्ता आफ्ना आउँदै गरेका फिचरहरुको सूचीमै राखेर प्रवर्द्धन गरेको छ।

अहिले ट्विटरले थुप्रै नयाँ फिचरहरु प्रयोगमा ल्याउँदैछ। यीमध्ये क्लबहाउसजस्तै फिचर भएको ट्विटर स्पेसेज आगामी अप्रिलमा सार्वजनिक हुने अपेक्षा गरिएको छ। यस बाहेक कम्पनीले सर्जकहरुलाई आफ्ना कन्टेन्टका लागि फलोअरहरुले भुक्तानी गर्ने सुपर फलो फिचर पनि आउने भएको छ।

 

प्रकाशित: ६ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...