‘खल्तीमा आइफोन १२’ अभियान, खल्ती भाइबर कम्युनिटीमा जोडिई आइफोन १२ जित्न सकिने

  • Technology Khabar | २ चैत्र २०७७, सोमबार
‘खल्तीमा आइफोन १२’ अभियान, खल्ती भाइबर कम्युनिटीमा जोडिई आइफोन १२ जित्न सकिने

काठमाडौं ।

‘खल्ती’ डिजिटल वालेटले आफ्नो भाइबर कम्युनिटीमा “खल्तीमा आइफोन १२” नामक अभियान संचालन गरिरहेको छ जस अन्तर्गत १ भाग्यशाली विजेताले आइफोन १२ जित्न सक्नेछन्।

खल्तीले ल्याएको ‘खल्तीमा आईफोन १२’ अभियानमा एक भाग्यशाली बिजेता लक्की ड्र मार्फत छानिनेछन् र आईफोन १२ जित्ने कम्पनीले जानकारी दिएको छ।

यसको लागि सहभागीहरूले खल्ती भाइबर कम्युनिटीमा ज्वाइन गरी खल्ती स्टिकर डाउनलोड गर्नुपर्नेछ भने खल्ती एप भित्र गई “खल्तीमा आइफोन १२” सेक्सनबाट रु. २० को रिचार्ज गर्नु पर्ने बताईएको छ।

यस बाहेक खल्तीले आफ्नो भाइबर कम्युनिटीमा रमाइलो हुने खेलहरु जस्तै क्विज र गिबअवेहरु पनि गरिरहेको र त्यस अन्तर्गत जो कोहिले थुप्रै कुपन तथा उपहारहरु पनि जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो अफर २८ मार्च र चैत्र १५ सम्म लागु हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ चैत्र २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...