विश्वभर १ लाख ५० हजार भन्दा बढि सेक्यूरिटी क्यामरा ह्याक गरिए, अनुसन्धान गरिँदै

  • Technology Khabar | २७ फाल्गुन २०७७, बिहीबार
विश्वभर १ लाख ५० हजार भन्दा बढि सेक्यूरिटी क्यामरा ह्याक गरिए, अनुसन्धान गरिँदै

काठमाडौं ।

स्कूल, अस्पताल र व्यवसायहरूमा जडान गरिएका १ लाख ५० हजार सुरक्षा क्यामराहरू ह्याक भएको बारेमा सो क्यामरा बनाउने कम्पनीले अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ।

ह्याकरहरूले टेस्ला लगायतका कम्पनीहरूलाई क्यामरा प्रदान गर्ने सुरक्षा कम्पनी भेर्काडाको नेटवर्कलाई तोडमरोड गरेको दाबी गर्छन्।

ब्लूमबर्गले जेल, मनोचिकित्सा अस्पताल, क्लिनिक र भेर्काडाका आफ्नै कार्यालयहरूबाट सेक्यूरिटी क्यामराहरु ह्याक गरिएको रिपोर्ट गरेको छ ।

भेर्कडाले भन्यो ‘यस मुद्दाको मापन र क्षेत्रको अनुसन्धान भइरहेको छ।’

कम्पनीले यस घट्नाको बारेमा कानूनी संस्थाहरुलाई समेत सूचित गरिएको बताएको छ । यद्यपि यसले आक्रमणको साइज र मापनको पुष्टि गरेको छैन्।

रोयटर्सले भने यातायात स्टार्टअप भर्जिन हाइपरलूप कम्पनी ह्याकर्सद्वारा खुलासा गरिएको प्रभावित प्रयोगकर्ता एकाउन्टहरूको सूचीमध्ये एक थियो।

सफ्टवेयर प्रदायक क्लाउडफ्लेयरले विश्वभरि भएको यसको कार्यालयहरुमा राखिएका सिमित क्यामरा ह्याक गरिएको हुनसक्ने बारेमा सतर्क गरिएको बताएको छ।

ह्याक गरिएका भनिएका क्यामराहरुको विभिन्न फुटेजहरु समेत बाहिर आएका छन् ।‍

प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...