एप्पल वाचले यसरी बचायो नदीमा फसेका विलियमको ज्यान

  • Technology Khabar | २६ फाल्गुन २०७७, बुधबार
एप्पल वाचले यसरी बचायो नदीमा फसेका विलियमको ज्यान

काठमाडौं ।

अमेरिकाको न्यू ह्याम्पशायरको सोमरर्स्वर्थ भन्ने ठाउँमा एप्पल वाच लगाएकै कारण एक जनाको ज्यान बचेको छ।

गएको आइतबार सोमरस्वर्थका विलियम रोजर्स नामका व्यक्ति नदी जमेको हिउँमा लडेर नदीमा पसे पनि हातमा एप्पल वाच लगाएकै कारण उनको ज्यान जान पाएन। उनीसँग उक्त स्मार्ट डिभाइस नभएको भए जे पनि सक्थ्यो।

स्थानीय टेलिभिजन च्यानल डब्लुएमयुआर मा देखाइए अनुसार आफ्नो सम्पूर्ण जीवन आइस स्केटिङको प्रशिक्षणमा बिताएका विलियम हिउँको ढिक्का फुटेपछि आइतबार सोमरस्वर्थमा रहेको साल्मन फल्स रिभरमा खसेका थिए।

विलियम नदीमा खसेपछि लामो समयसम्म पानीमै अड्किएका थिए। उनले लगातार उक्त खाडलबाट बाहिर आउन प्रयास गरे पनि सफल हुन सकेका थिएनन्।

नदीमा फसेका विलियमले कसैलाई खबर गर्न आफ्नो फोनसम्म पनि भेटेनन्। अन्तिमा उपायका रुपमा उनले आफूले नाडीमा लगाइरहेको एप्पल वाचलाई सम्झे। उनले वाचलाई ९११ मा कल गर्न निर्देशन दिए।

‘मैले उनीहरुलाई आफू अबको १० मिनटमा कुनै जवाफ दिन नसक्ने अवसुथामा पुग्ने बताएँ’, उनले फोनमा भने।

नजिकै रहेका दमकलका कर्मचारीहरुलाई उद्धारका लागि उनी भएको ठाउँमा पुग्न ५ मिनेट पनि लागेन र उनी अकालमा ज्यान गुमाउनबाट बचे।

एप्पल वाचमा एउटा इमर्जेन्सी एसओएस नामको फिचर छ जसले उक्त वाच लगाइरहेको व्यक्ति अचानक लड्यो भने आफैं वा सिरिलाई निर्देशन दिएपछि स्थानीय सुरक्षा निकायलाई फोन गरिदिन्छ।

यीमध्ये केही फिचर आईफोनमा पनि इनेबल गर्न सकिन्छ।

 

प्रकाशित: २६ फाल्गुन २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार