पब्जीः न्यू स्टेट गेमको लागि एक हप्ता भित्रै ५० लाखभन्दा बढी प्रि-रजिष्ट्रेसन

  • Technology Khabar | २३ फाल्गुन २०७७, आईतवार
पब्जीः न्यू स्टेट गेमको लागि एक हप्ता भित्रै ५० लाखभन्दा बढी प्रि-रजिष्ट्रेसन

काठमाडौं ।

पब्जीको नयाँ भर्सन पब्जीःन्यू स्टेटको खेलाडीहरू बीचबाट ससक्त प्रतिक्रिया प्राप्त भएको छ। पब्जीको यो खेललाई पब्जी मोबाइल २ पनि भनिन्छ। पब्जीःन्यू स्टेटको प्रि रजिस्ट्रेसन गुगल प्ले स्टोरमा भर्खरै सुरू भयो।

यस खेलको प्रि-रजिष्ट्रेसन सुरू गरिएको एक हप्ता भित्रै गेमका लागि ५० लाखभन्दा बढी प्रि-रजिष्ट्रेसनहरू प्राप्त गरेको छ।

यो गेम दक्षिण कोरियाली भिडियो गेम होल्डिंग कम्पनी क्राफ्टन (Krafton) ले प्रस्तुत गरेको हो ।

पब्जीःन्यू स्टेट वेबसाइटमा उपलब्ध जानकारी अनुसार, न्यू स्टेट गेमको लागि प्रि-रजिष्ट्रेसन गर्ने खेलाडीहरूले कारको लागि विशेष स्कीन पाउनेछन्। नयाँ वेबसाइट र गुगल प्ले लिस्टिंगका अतिरिक्त, विकासकर्ताहरूले पनि ट्रेलर साझा गरेका छन्, जसले पब्जीःन्यू स्टेटको गेमप्ले प्रदर्शन गर्दछ।

खेल २०५१ मा आधारित छ। ट्रेलरमा हालको पब्जी मोबाइल जस्तै ब्याटल रोयल थिम देखिन्छ, तर यो २०५१ मा सेट गरिएको छ, जहाँ हतियारदेखि गाडीसम्म सबै थोक आधुनिक छ। एजेन्सीका साथ

प्रकाशित: २३ फाल्गुन २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार