नेपाल टेलिकमले एफटिटिएच सेवामा ल्याएको ‘जाडोमा न्यानो’ अफर अब माघ महिनाभर

  • Technology Khabar | १२ माघ २०७७, सोमबार
नेपाल टेलिकमले एफटिटिएच सेवामा ल्याएको ‘जाडोमा न्यानो’ अफर अब माघ महिनाभर

काठमाडौं ।

नेपाल टेलिकमले अप्टिकल फाइबरमा आधारित इन्टरनेट सेवा एफटिटिएचमा ल्याएको अफरको समय अवधि थप गरेकोछ ।

कम्पनीले यसअघि पुस महिनासम्म मात्र रहेको सो जाडोमा न्यानो अफर माघ महिनाभर उपलब्ध गराउने जानकारी दिएको छ ।

हालै कम्पनीले आफ्नो सामाजिक संजालबाट सो अफरको अवधि थप गरिएको जानकारी दिएको छ ।

कम्पनीले ट्विटरमा भनेको छ, ‘FTTH जाडोमा न्यानो अफरको अवधि २०७७ पुष महिनासम्म मात्र रहेकोमा सोको समयावधि माघ मसान्तसम्म थप गरिएको सबैमा जानकारी गराउँदछौँ।’

कम्पनीले योजनाअन्तरगतमा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा उपलब्ध गराइरहेको छ ।

सम्बन्धित-

टेलिकमको एफटीटीएच–जाडोमा न्यानो अफर, एफटीटीएच लिँदा दैनिक ३ सय एमबी डाटा निशुल्क

 

प्रकाशित: १२ माघ २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...