एलन मस्कको कम्पनीद्धारा स्याटेलाइटमा आधारित इन्टरनेट सेवा सुरु, एक अर्ब डलर लगानी

  • Technology Khabar | १२ माघ २०७७, सोमबार
एलन मस्कको कम्पनीद्धारा स्याटेलाइटमा आधारित इन्टरनेट सेवा सुरु, एक अर्ब डलर लगानी

काठमाडौं ।

टेस्ला र स्पेसएक्सका संस्थापक एलन मस्कले इन्टरनेट सेवा सुरु गरेका छन् । मस्कको स्पेसएक्स कम्पनीले स्टारलिंक इन्टरनेट सेवाका लागि एक हजारभन्दा धेरै स्याटेलाईट प्रक्षेपण गरेका छन् ।

सुरुवाती समयमा यो सेवाको उपयोग अमेरिका, क्यानडा र बेलायतका उपभोक्ताले पाउनेछन् ।

प्लेन र समुन्द्रमा इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य अनुरुप मस्कले स्टारलिंक इन्टरनेट सुरु गरेका हुन् । यसका लागि मस्कले एक अर्ब अमेरिकी डलर लगानी गर्दैछन् ।

रिर्पोटका अनुसार केहि महिनादेखि स्पेसएक्सले आफ्नो फाल्कन ९ रकेटबाट स्टारलिंक स्याटेलाईट प्रक्षेपण गरिरहेको छ । एक पटकमा ६० वटा स्याटेलाईट आकाशमा छोडिनेछ । यसको १७ औं स्टारलिंक सन् २०२१ को जनवरी २० मा प्रक्षेपण गरिएको छ ।

अर्बिटमा कम्पनीको ९६० वटा स्याटेलाईट चालु अवस्थामा छ । यसबाट स्पेसएक्स उत्तर अमेरिका र बेलायतमा आक्रमक सेवा बिस्तार गर्ने तयारीमा छ । यसको लागि कम्पनीले ग्राहक बनाउन शुरु गरिसकेको छ । यसका बारेमा स्पेसएक्सबाट भने कुनै आधिकारीक धारणा आएको छैन ।

एयरस्पेस र डिफेन्स स्ट्राटेजीमा काम गर्ने कम्पनी अलर्भरिज एन्ड मार्सका एमडी लुइगी पेलुसो स्टारलिंकको सेवा उत्कृष्ट हुने दाबी गर्छन । स्टारलिंकले सस्तो मूल्यमा इन्टरनेट सेवा दिइरहेको छ । यसले पनि स्पेस टेक आम उपभोक्ताको कम्पनी भएको यसले पनि पुष्टी गर्ने उनको भनाई छ ।

प्रकाशित: १२ माघ २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...