आरटीजीएस प्रणालीमा थप ८ विकास बैंक र २ फाइनान्स जोडिए

  • Technology Khabar | १२ माघ २०७७, सोमबार
आरटीजीएस प्रणालीमा थप ८ विकास बैंक र २ फाइनान्स जोडिए

काठमाडौं ।

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै नेपाल क्लियरिङ्ग हाउसले थप ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई यस प्रणालीमा आबद्ध गराएको छ।

यस प्रणालीमा थप आवद्ध हुनेमा ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, संग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स रहेका छन् । यस अघि २५ वटा वाणिज्य बैंकहरूमा कनेक्ट आरटीजीएस प्रणाली सञ्चालनमा आइसकेको छ।

आरटीजीएस प्रणाली मार्फत ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तरबैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरी उपलब्ध फारम भरी सो सेवा लिन सक्ने बताईएको छ।

एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा कनेक्ट आरटीजीएस प्रणाली प्रदान गरेको हो जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणाली सँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिग्रेट गरिएको जनाएको छ।

प्रकाशित: १२ माघ २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell partners with BYD Nepal to bring connected vehicle experience through IoT SIM

  • Technology Khabar
  • १२ माघ २०७७, सोमबार