क्लाउडमा आधारित ५ जी नेटवर्क सेवाहरूका लागि नोकिया र गुगलले साझेदारी गर्ने

  • Technology Khabar | ३ माघ २०७७, शनिबार
क्लाउडमा आधारित ५ जी नेटवर्क सेवाहरूका लागि नोकिया र गुगलले साझेदारी गर्ने

काठमाडौं ।

नोकियाले संचार सेवा प्रदायकहरू र इन्टरप्राइज ग्राहकहरूको लागि क्लाउडमा आधारित ५ जी कोर नेटवर्क पूर्वाधार विकास गर्न संयुक्त रूपमा अल्फाबेटको गुगल क्लाउड एकाईसँगको साझेदारी विस्तार गरेको छ।

यो साझेदारीसँगै अब विजनेस सेवाग्राहीहरुलाई स्मार्ट रिटेल तथा अटोमेटेड मेनुफ्याक्चरिङ जस्ता सेवा अफर गर्न सक्ने छन् ।

‘यसको उद्देश्य उद्यम डिजिटल रूपान्तरणको गति बढाउन नेटवर्क एजमा क्लाउड क्षमताहरू पुर्‍याउनु हो जुन सबै भन्दा माथि स्मार्ट रिटेल, जडित उत्पादन र डिजिटल उपभोक्ता अनुभव जस्ता उद्योगहरूमा हुनेछ,’ कम्पनीहरूले संयुक्त विज्ञप्तिमा भने।

यस सम्झौतासँगै नयाँ व्यवसायिक वातावरण तयार गर्न नोकियाले आफ्नो फाइभजी विज्ञलाई तैनाथ गराउनेछ भने गुगल क्लाउडले एप्लिकेसन लन्च गर्न तथा सर्भिसको इकोसिस्टम तयार गरी सेवाग्राहीहरुलाई सहयोग दिन प्लेटफर्मको रुपमा काम गर्नेछ । एजेन्सी

प्रकाशित: ३ माघ २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...