एप्पलले ल्याउन लागेको नयाँ आईप्याड प्रोको फिचर यस्तो हुनेछ

  • Technology Khabar | २८ पुष २०७७, मंगलवार
एप्पलले ल्याउन लागेको नयाँ आईप्याड प्रोको फिचर यस्तो हुनेछ

काठमाडौं ।

एप्पलले बजारमा ल्याउन लागेको नयाँ आईप्याड प्रोको फिचर बाहिरिएको छ ।

९१मोबाइल वेबसाईटका अनुसार नयाँ आईप्याड प्रो गतवर्षको आईप्याड प्रो जस्तै हुनेछ । तर स्क्रिन वरिपरिको बेजेल पातलो हुनका साथै फेस आईडी सेन्सर स्क्रिनको मुनि राखिनेछ ।

आईप्याड एयर ४ जस्तै यसमा पनि पावर बटनमा टच आईडी फिंगरप्रिन्ट स्क्यानर हुन्छ ।

नयाँ आईप्याड प्रोमा ४ वटा स्पिकर हुन्छ । फ्ल्यास सहित डुवल मूख्य क्यामरामा लाइडर सेन्सर पनि छ । टाईप सी यूएसबी कनेक्टर छ ।

प्रारम्भिक रिर्पोटका अनुसार नयाँ आईप्याड प्रोमा ए१४ बायोनिक एसओसी हुनेछ । यो चिपसेट आईफोन १२ र एयरप्याड २०२० पनि पाउन सकिन्छ ।

नयाँ आईप्याड प्रो एप्पलको पहिलो फाइभजी आईप्याड हुनेछ । यो एप्पलको इन्ट्रीलेभल आईप्याड हो ।

प्रकाशित: २८ पुष २०७७, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार