त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पसहरुले अनलाइनमार्फत नै शुल्क तिर्न सक्ने

  • Technology Khabar | २८ पुष २०७७, मंगलवार
त्रिभुवन विश्वविद्यालयका सम्बन्धन प्राप्त क्याम्पसहरुले अनलाइनमार्फत नै शुल्क तिर्न सक्ने

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त क्याम्पसहरुलाई अनलाइनमार्फत फर्म भर्ने र अनलाइनमार्फत नै शुल्क तिर्न सकिने सुविधा दिएको छ ।

विश्वविद्यालय आर्थिक प्रशासन महाशाखाले हालै सबै सम्बन्धन प्राप्त गरेका सम्पूर्ण कलेजहरुले बुझाउनुपर्ने सेवा शुल्क लगायतका अन्य शुल्कहरु माघ १५ गतेदेखि अनलाइन पेमेन्ट सिस्टमबाट नै तिर्न सकिने हुँदा सोहिअनुसार शुल्क बनाउन भनेको हो ।

विश्वविद्यालयले यसको लागि यहि माघ १५ गतेभित्र अनिवार्यरुपमा अनलाइन दर्ता गराई यूजर नाम र पासवर्ड लिएर अनलाइनमार्फत शुल्क तिर्न अनुरोध गरेको छ ।

यसको लागि अनलाइन दर्ता गर्न विश्वविद्यालयको तोकिएको वेबसाइट tuaops.edu.np मा गई दर्ता अनुमतिको लागि क्याम्पसको अनुरोध पत्रको स्क्यान कपी समेत राखी दर्ता गराउनुपर्ने जनाएको छ ।

प्रकाशित: २८ पुष २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार