चिनियाँ सर्च इन्जिन बैदुले इलेक्ट्रिक कार बनाउने

  • Technology Khabar | २७ पुष २०७७, सोमबार

काठमाडौं ।

चिनियाँ सर्च इन्जिन बैदुले इलेक्ट्रिक सवारी (इभी) कार बनाउने भएको छ । कम्पनीले कार र कारको सफ्टवेयर निर्माण गर्ने भएको हो ।

बैदुले चिनियाँ अटोमेकर गिलीको सहयोगमा इलेक्ट्रिक सवारी उत्पादन गर्न लागिएको सोमबार जानकारी दिएको छ ।

चीनमा गुगल प्रतिबन्ध छ । चीनमा गुगलको काम बैदुबाट हुन्छ । बैदुले स्मार्ट ड्रइभिङ टेक्नोलोजी र गिलीले कारको डिजाइन र उत्पादन गर्छ । गिली र स्विडेनको भोल्भोबीच मर्जर हुने हल्ला पनि छ ।

चिनियाँ टेक कम्पनी अलिबाबा पनि इलेक्ट्रीक कार उत्पादनतर्फ लम्कि सकेको छ । यसका लागि अलिबाबाले चीन सरकारको स्वामित्वमा रहेको एसएआईसीसँग सहकार्य गरिरहेको छ ।

बैदु पछिल्लो टेक कम्पनीको रुपमा इभी बजारमा प्रवेश गरेको हो। एजेन्सी

प्रकाशित: २७ पुष २०७७, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार