Technology Khabar २५ पुष २०७७, शनिबार
काठमाडौं ।
एप्पलले आफ्नो इन्ट्री लेभलको नयाँ आईप्याडमा काम गरिरहेको छ । कम्पनीले यो वर्ष सस्तो मूल्यको आइप्याड ल्याउने तयारी गरिरहेको छ।
यो नयाँ आईप्याड यसै वर्ष लन्च हुनेछ भने यो २०१९ को आईप्याड एयरको जस्तै डिजाइनमा आउनेछ । जापानी ब्लग म्याक ओटोकाराका अनुसार एप्पल आफ्नो नवौं जेनेरेसनको आइप्याड उत्पादनमा काम गरिरहेको छ र यसको मूल्य अन्य भन्दा सस्तो हुने बताईएको छ।
यो आईप्याड २०२० को मोडलहरु भन्दा पातलो र कम बेजेल भएको डिजाइनमा आउनेछ । नयाँ आइप्याडको डिस्प्ले १०.२ इन्चकै हुनेछ।
हालको आइप्याड एयरको मोटाइ ७.५ एमएम छ भने नयाँ आइप्याडको मोटाइ जम्मा ६.३ एमएमको हुन सक्नेछ। आफ्नो पातालो आकार र मोटाइले गर्दा सो आइप्याड धेरै हलुका पनि हुन सक्ने रिर्पोटले जनाएको छ। जसको तौल ४६० ग्राम हुनेछ ।
यो सँगै नयाँ आइप्याडमा टच आइडि र लाइटनिङ पोर्टको फिचर समावेश हुनेछ। यसमा लेमिनेटेड डिस्प्ले, एन्टी रिफ्लेक्टिङ्ग कोटिङ, पि–३ वाइड कलर सपोर्ट तथा ट्रू टोन फिचर पनि हुन सक्ने अनुमान लगाइएको छ।
यसमा ए१३ बायोनिक चिपका साथमा ४ जीबी र्याम हुने अनुमान छ ।
एप्पलले यो नयाँ आइप्याड २९९ अमेरिकी डलरमा बिक्री गर्न सक्ने रिपोर्टमा उल्लेख छ ।
प्रकाशित: २५ पुष २०७७, शनिबार