फक्सवागनले ल्यायो मोबाइल चार्जिंग रोबोट, स्वचालितरुपमा इलेक्ट्रिक भेहिकललाई चार्ज गर्ने

  • Technology Khabar | १५ पुष २०७७, बुधबार
फक्सवागनले ल्यायो मोबाइल चार्जिंग रोबोट, स्वचालितरुपमा इलेक्ट्रिक भेहिकललाई चार्ज गर्ने

काठमाडौं ।

फक्सवागन समूहले एक मोबाइल इलेक्ट्रिक भेहिकल चार्जर विकसित गरेको छ जसले स्वतन्त्ररुपमा पार्किङ्ग क्षेत्रहरूमा संचालित हुन सक्दछ । यो रोबोटले इलेक्ट्रिक भेहिकललाई चार्ज गर्न र त्यसपछि पुन: आफ्नै स्थानमा पुग्न सक्दछ ।

यसको गतिबिधि संचालन गर्नको लागि कुनै अतिरिक्त मानविय कार्य आवश्यक पर्दैन् ।

टेकक्रन्चको रिपोर्टअनुसार यो प्रोटोटाइप, जसलाई फक्सवागन ग्रुप कम्पोनेन्टसले तयार गरेको हो । यसले कसरी अटोमेकरले आगामी केही बर्षहरूमा अपेक्षा गरिएको मागलाई पूरा गर्न चार्जिंग इन्फ्रास्ट्रक्चर विस्तार गर्ने छ भन्ने कुरालाई प्रदर्शन गर्दछ। यसले आगामी दिनमा बढ्दो विद्युतीय सवारी उत्पादन र बिक्रीको बीचमा सहयोग गर्ने अपेक्षा गरिएको छ ।

फक्सवागन समूहले आगामी दशकमा दर्जनौं इलेक्ट्रिक मोडलहरू सुरूवात गर्न प्रतिबद्धता जाहेर गरिसकेको छ। समूहको फक्सवागन ब्रान्डले २०२५ सम्ममा १५ लाख इलेक्ट्रिक कारहरू निर्माण गर्ने र बेच्ने योजना बनाएको छ।

“भविष्यका लागि दक्ष चार्ज इन्फ्रास्ट्रक्चर स्थापना गर्नु केन्द्रीय कार्य हो जसले सम्पूर्ण क्षेत्रलाई नै चुनौती दिनेछ,” फक्सवागन समूह कम्पोनेन्ट्सका सीईओ थोमस स्मलले एक विज्ञप्तिमा भने, “हामी महँगो स्ट्यान्डअलोन उपायहरूबाट जोगिने मद्दतको लागि समाधानहरू विकास गर्दैछौं। मोबाइल चार्जिंग रोबोट र हाम्रो लचिलो क्विक चार्जिंग स्टेशनहरु- यी दुई समाधानहरू मात्र हुन्।”

सो मोबाइल चार्जिंग रोबोट कहिले बजारमा उपलब्ध हुनेछ भन्ने कुनै जानकारी कम्पनीले दिएको छैन् । यसको लागि कार र रोबोटबिच हुने संचार सम्पर्कको विकास हुनुपर्ने आधार मानिएको छ । सोहीअनुसार आगामी दिनमा चार्जिंग रोबोट बजारमा आउनेछ ।

सो मोबाइल चार्जिंग रोबोटलाई एपबाट संचालन गर्न वा कार र रोबोटबिच हुने संचारमार्फत संचालन गर्न सकिनेछ । कार र रोबोटबीच संचार हुनेबित्तिकै रोबोटमा भएको दुईवटा डिजिटल आँखाहरु डिस्प्लेमा खुल्नेछन् । त्यसपछि मोबाइल चार्जिंग रोबोटले कारको चार्जिङ्ग प्लग जोड्न र हटाउन समेत सक्नेछ ।

प्रकाशित: १५ पुष २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...