यूमिडीगी ए९ मा इन्फ्रारेड टेम्पेरेचर मेजरमेन्ट फिचर, फोनबाटै शरिरको तापक्रम नाप्न सकिने

  • Technology Khabar | १२ पुष २०७७, आईतवार
यूमिडीगी ए९ मा इन्फ्रारेड टेम्पेरेचर मेजरमेन्ट फिचर, फोनबाटै शरिरको तापक्रम नाप्न सकिने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी यूमिडीगीको नयाँ स्मार्टफोन ए९ इन्फ्रारेड टेम्पेरेचर मेजरमेन्ट फिचरसहित सार्वजनिक हुने भएको छ ।

यो विश्वकै पहिलो इन्फ्रारेड टेम्पेरेचर मेजरमेन्ट फिचर भएको एन्ड्रोइड ११ मा आधारित स्मार्टफोन हो । यूमिडीगी ए९ मा ६.५३ इन्चको स्क्रिन छ ।

मिडियाटेक हेलियो जी२५ प्रोसेसर युक्त स्मार्टफोनमा ५,१५० एमएएचको ब्याट्री छ ।

यो स्मार्टफोन सन् २०२१ को जनवरी १ गतेदेखि बिक्रीका लागि खुल्ला गरिनेछ । यसको मूल्य ९९.९९ अमेरिकी डलर तोकिएको छ ।

यसको फिचरमार्फत अहिलेको समयमा कोभिड-१९ को महामारीको बेलामा फोनबाटै ज्वरो नाप्न सकिनेछ । एजेन्सी

प्रकाशित: १२ पुष २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...