सामसङले ओएलईडी डिस्प्ले यूनिट भारतमा स्थापना गर्ने, ४६० करोडको अनुदान पाउने

  • Technology Khabar | २७ मंसिर २०७७, शनिबार
सामसङले ओएलईडी डिस्प्ले यूनिट भारतमा स्थापना गर्ने, ४६० करोडको अनुदान पाउने

काठमाडौं ।

दक्षिण कोरियाली टेक कम्पनी सामसङले भारतमा ओएलईडी मोबाइल डिस्प्ले यूनिट स्थापना गर्ने भएको छ। शुक्रबार आयोजित भारतीय मन्त्रिपरिषद्को बैठकमा सामसङको ओएलईडी डिस्प्ले युनिट स्थापना गर्ने प्रस्तावलाई अनुमोदन गरिएको छ।

यो इकाई स्थापना गर्न, सामसङले भारतमा ४,८२५ करोड भारु लगानी गर्ने निर्णय गरेको छ। यो इकाई पहिले चीनमा स्थापना गरिएको थियो तर कम्पनीले चीनबाट आफ्नो व्यापार बन्द गरेर भारतको यूपीमा लगानी गर्ने निर्णय गरेको हो।

यसको अन्तर्गत कम्पनीले नोएडा, यूपीमा मोबाइल र आईटी डिस्प्ले निर्माण गर्न युनिट स्थापना गर्नेछ। सामसङले नोएडामा यस इकाईको स्थापना गरेर भारत सरकारको इलेक्ट्रोनिक कम्पोनेन्ट्स र सेमीकन्डक्टरको उत्पादन प्रवर्द्धनको योजना अन्तर्गत ४६० करोड भारुको आर्थिक प्रोत्साहन पाउने छ।

यति मात्र होइन, भारत ओएलईडी टेक्नोलोजीद्धारा निर्मित मोबाइल डिस्प्ले निर्माण गर्ने विश्वको तेस्रो देश पनि बन्ने छ। यो भियतनाम र दक्षिण कोरिया पछि नोएडामा सामसङको तेस्रो इकाई हुनेछ।

नोएडामा यस परियोजनाका साथ १,५१० व्यक्तिले प्रत्यक्ष रोजगार पाउनेछन् भने ठूलो संख्यामा व्यक्तिहरूले अप्रत्यक्ष रोजगार पाउनेछन्।

गत आर्थिक वर्षमा २७ अर्ब डलरको निर्यातको साथ सामसङ उत्तर प्रदेशको सबैभन्दा ठूलो निर्यातकर्ता हो।

यस परियोजनाका लागि राज्य सरकारले इलेक्ट्रोनिक्स निर्माण नीति अन्तर्गत पूँजी अनुदान, स्ट्याम्प ड्युटीमा छुट दिने छ।

सामसङ समूहले आगामी ५ बर्षमा कूल ५०० अर्ब डलरको निर्यात लक्ष्य राखेको छ। एजेन्सी

प्रकाशित: २७ मंसिर २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार