टोयोटाको पहिलो इलेक्ट्रिक एसयूभी २०२१ मा आउने

  • Technology Khabar | २५ मंसिर २०७७, बिहीबार
टोयोटाको पहिलो इलेक्ट्रिक एसयूभी २०२१ मा आउने

काठमाडौं ।

टोयोटाले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी सन् २०२१ मा ल्याउने घोषणा गरेको छ । कम्पनीले फुल इलेक्ट्रिक एसयूभीको रुपमा नयाँ गाडी ल्याउने भएको हो ।

टोयोटाको नयाँ एसयूभी सुबरुसँगको सहकार्यमा आउने भएको हो । त्यसको लागि टोयोटा र सुबरु मिलेर नयाँ इभी प्लेटफर्म तयार गरेको जानकारी टोयोटाले दिएको छ । यद्यपी अहिलेसम्म नयाँ एसयूभीको डिजाइन भने कम्पनीले बाहिर ल्याएको छैन ।

टोयोटा जेडइभी फ्याक्ट्रीका डेपुटी चीफ अफिसर कोजी तोसोहिमाका अनुसार अबको केहि महिनामा नै अल न्यू मिडसाइज एसयूभी तयार हुने छ । उनका अनुसार नयाँ एसयूभी हेर्न सुन्दर हुने छ भने चलाउन सहज र आरमदायी हुने छ ।

यसको उत्पादन टोयोटाको जापानमा रहेको जेडइभी फ्याक्ट्रीमा भइरहेको कम्पनीले जनाएको छ । साइजमा टोयोटा र्‍याभ फोर जत्रै हुने एसयूभीको ह्वीलवेस भने लामो हुने अनुमान गरिएको छ । कम्पनीले केहि महिना भित्र यसको प्रडक्सन मोडलको ग्लोवल प्रिमियर गर्ने तयारी गरिरहेको छ ।

साथै, टोयोटाले इ–टिएनजीए प्ल्याटफर्मको प्रयोग यसमा पनि गर्ने छ । नयाँ एसयूभी फ्रन्टह्विल, रियर ह्वील र फोरह्विल ड्राइभ अप्सनमा आउने छ ।

नयाँ एसयूभी बजारमा आएसँगै टोयोटाले नयाँ इ–टिएनजीए प्लेटफर्ममा अन्य इलेक्ट्रीक कारहरुको उत्पादन गर्ने छ । जसमा क्रसओभर, ठूला एसयूभी, सेडान र एमपीभीहरु बनाउने जनाएको छ ।

अहिले कम्पनीले प्रयोगमा ल्याउने नयाँ प्लेटफर्म सुबरुले पनि प्रयोग गर्ने बताइएको छ । एजेन्सी

प्रकाशित: २५ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार