पहिलोपटक भर्चुअल माध्यमबाट प्रत्यक्षरुपमा नाटक मञ्चन गरिँदै

Technology Khabar १९ मंसिर २०७७, शुक्रबार

काठमाडौं ।

नेपालमा पहिलो पटक भर्चुअल माध्यमबाट प्रत्यक्षरुपमा नाटक प्रदर्शन गरिने भएको छ।

हामी दाजुभाई र युथ हब नेपालले यहि शनिवार दिउँसो ३ बजे भिडियो कन्फ्रेन्सिङ्ग प्लेटफर्म जूममार्फत ‘कथा साइबर’ आयोजना गर्ने भएको छ ।

संस्थाले महिला समानता र अधिकारको बारेमा जुममार्फत प्रत्यक्ष नाटक मन्चन गर्ने भएको हो।

हामीदाजुभाईले हालै सो भर्चुअल नाटक मन्चनबारे ट्विटरमार्फत जानकारी दिएको छ।

जसमा भनिएको छ- ‘के डाटा युवतीहरूको शरीर र छविलाई हानिकारक रूपमा लिइरहेको छ ? के इन्टरनेटले अवसर सिर्जना गर्दछ वा यो अपराधीहरूका लागि अवसर हुन सक्छ ? भन्ने बारेमा भर्चुअल नाटक हुन लागेको बताईएको छ।’

यो भर्चुअल नाटक फेसबुक पेजमार्फत समेत प्रत्यक्ष प्रशारण गरिने बताईएको छ।

प्रकाशित: १९ मंसिर २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया