अङ्ग्रेजी नयाँ वर्षमा घुम्दै हुनुहुन्छ ? यस्ता छन् ओटीए प्लेटफर्म एक्सलट्रिप नेपालका अफरहरु

  • Technology Khabar | १९ मंसिर २०७७, शुक्रबार
अङ्ग्रेजी नयाँ वर्षमा घुम्दै हुनुहुन्छ ? यस्ता छन् ओटीए प्लेटफर्म एक्सलट्रिप नेपालका अफरहरु

काठमाडौं ।

नेपालकै पहिलो अनलाइन ट्राभल एग्रीगेटर (ओटीए) प्लेटफर्म एक्सलट्रिप नेपालले क्रिसमस तथा नयाँ वर्ष २०२१ लाई लक्षित गरी ३ वटा नयाँ अफर योजना ल्याएको छ ।
पहिलो अफर योजना अन्तर्गत एक्सलट्रिप नेपालको मोवाइल एप डाउनलोड गर्ने ग्राहकहरु मध्यबाट एक जना भाग्यशाली विजेतालाई १५ हजार रुपैयाँ बरावरको पोखरा वा चितवनको दुइतर्फी हवाई टिकट सहित २ रात ३ दिनको ट्राभल प्याकेज पुरस्कार प्रदान गरिने कम्पनीका सिईओ ज्ञानेन्द्र खड्काले बताए।
अर्को योजना क्रिसमस तथा अङ्ग्रेजी नयाँ बर्ष अफर अन्तर्गत एक्सलट्रिप नेपालबाट होटल वा फ्लाइट बुक गर्दा हरेक बुकिंगमा भौचर कोड (DECEMBEROFFER) प्रयोग गरी २ सय ५० नगद छुट प्राप्त गर्न सकिनेछ । साथै सो अवधिभर होटल वा फ्लाइट बुकिङ गर्ने ग्राहकमध्येबाट एक जना भाग्यशाली विजेताले सामसङ एम जिरो फिप्टिन मोबाइल सेट पनि प्रप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
एक्सलट्रिपको वेबसाईट (xceltrip.com.np) वा मोबाइल एप मार्फत शुन्य रुपैयाँ डाउन पेमेन्टमा नै काठमाडौ-पोखरा एकतर्फी हवाई टिकट र एक रातको होटल बुक गर्ने ब्यवस्था छ। ती बुकिङ गर्ने ग्राहकहरुमध्येबाट हरेक हप्ता लक्की ड्रमार्फत एक जनालाई उक्त प्याकेज निशुल्क प्रदान गरिने बताइएको छ।
यो तीनवटै अफर योजना डिसेम्वर महिनाभर लागूहुने बताइएको छ।
एक्सलट्रिपको मोबाइल एप र अफिसियल वेबसाइटबाट नेपालको ५ वटै डोमेस्टिक एयरलान्स र ८ सय भन्दा बढि होटल र संसारभर २३ लाख भन्दा बढि होटल र ४ सय ५० वटा एयरलान्सबाट २ सय भन्दा बढि डेस्टिनेसनमा  नेपालकै सम्पुर्ण डिजिटल पेमेन्ट प्रभु पे, ईसेवा, फोन पे लगायत बैंकहरुको मोबाइल बैकिङ एप र सम्पुर्ण बैंक कार्ड प्रयोग गरि बुक गर्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: १९ मंसिर २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १९ मंसिर २०७७, शुक्रबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १९ मंसिर २०७७, शुक्रबार

NOC from Nagarik App

  • १९ मंसिर २०७७, शुक्रबार

E-pension verification system launched

  • १९ मंसिर २०७७, शुक्रबार