वैदेशिक राेजगार कल्याणकारी काेषकाे रकम ‘खल्ती’ एपबाटै अनलाइन तिर्न सकिने

  • Technology Khabar | १९ मंसिर २०७७, शुक्रबार
वैदेशिक राेजगार कल्याणकारी काेषकाे रकम ‘खल्ती’ एपबाटै अनलाइन तिर्न सकिने

काठमाडौं ।

वैदेशिक राेजगारमा जाने व्यक्तिहरूले वैदेशिक राेजगार कल्याणकारी काेषमा भुक्तानी गर्ने रकम अब ‘खल्ती डिजिटल वालेट’बाटै अनलाइन तिर्न सक्छन् । यो सुविधा व्यक्तिगत तथा म्यानपावरमार्फत जानेहरू सबैले प्रयोग गर्नसक्छन्।

भुक्तानी गर्न चाहनुहुनेले खल्ती डिजिटल वालेट एप डाउनलोड गरी वा Khalti.com वेव पेजको होम स्क्रीनमा गइ सरकारी सेवा ( Government Services ) मेनुबाट वैदेशिक राेजगार कल्याणकारी काेष (DoFE) ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्छन् । वैदेशिक राेजगारीमा ३ वर्षभन्दा थोरै समयका लागि जाने व्यक्तिले १५०० र ३ वर्षदेखि १० वर्षसम्मका लागि व्यक्तिले २५०० रूपैयाँ कल्याणकारी कोषमा बुझाउनुपर्छ ।

वैदेशिक राेजगारीमा व्यक्तिगत रूपमा जानेहरूले आफैं र म्यानपावरमार्फत जानेहरूले कम्पनीबाट एकमुष्ट रूपमा खल्ती एपमार्फत उक्त शुल्क भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ।

कल्याणकारी कोषमा यसरी जम्मा भएकाे रकम वैदेशिक रोजगारमा गएर अलपत्र परेका, पीडित, आर्थिक अवस्था नाजुक भएका नेपालीहरुको उद्दार गर्न तथा उनीहरूकाे हितमा प्रयोग गरिन्छ।

प्रकाशित: १९ मंसिर २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार